Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

कांग्रेस महामन्त्री थापाको संवाद यात्रा स्थगित


काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चालन गर्नुभएको मेची महाकाली संवाद यात्रा तत्कालका लागि स्थगित भएको छ। पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गएराती निधन भएकाले संवाद यात्रा स्थगित गर्नुभएको हो।

झापाका पुराना र प्रभावशाली नेता बुढाथोकीको निधनप्रति महामन्त्री थापाले गहिरो दुःख व्यक्त गर्नुभएको छ। झापाबाट यही माघ १३ गते सुरु भएको संवाद यात्रा हुलाकी मार्ग हुँदै नवलपरासीको गोपीगञ्जसम्म पुगेको थियो। उहाँको यो संवाद यात्रा यही २६ गते धनगढीमा पुगेर समापन गर्ने कार्यक्रम रहेको थियो। उहाँले नेपाली कांग्रेसले सञ्चालन गरेको समुदायमा कांग्रेस अभियान अन्तर्गत नै आफ्नो मेची महाकाली संवाद यात्रा सञ्चालन गर्नुभएको थियो।

उहाँले यात्राका क्रममा स्थानीय बासिन्दासँग विकास निर्माण, स्थानीय समस्या र असल अभ्यासका बारेमा छलफल गर्दै आउनुभएको थियो । अभियानका क्रममा भाषण र आसन ग्रहण नगरी जनताको कुरा नै धेरै सुन्ने तरिकाले कार्यक्रम गर्नुभएको थियो । स्थगित भएको कार्यक्रम पछि समय मिलाएर निरन्तरता दिई समापन गर्ने उहाँको सचिवालयले जनाएको छ।


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?