Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

प्राचीन सम्पदाहरुको नास गर्नेहरु विरुद्ध सरकार निर्मम हाेस


-श्रीकृष्ण धिमाल

प्राचीन सम्पदा संरक्षणमा एउटा ठुलो युद्धको विजय तर्फ अघि बढियो । नेपालको संविधान २०७२ र प्राचीन स्मारक सरक्षण ऐन २०१३ विरुद्ध गएर विकासको नाममा काभ्रेपलान्चोक जिल्लाको बनेपा नपा १३ र १४ को साँगा, भैसेपाटिको ढुङ्गेधारा भत्काउने, सार्ने वा फुटाउने योजना मात्र थिएन , ढुङ्गेधारा मासेपछि नासिका मन्दिर समेत भत्काउने विधर्मिहरुको योजना वुझेपछि म नेपालको आम नागरिक चुप रहन सकिन,( मैले जनप्रतिनिधिहरु सग हार गुहार मागे, तिनिहरुले मलाई त बनेपाको बिकास रोक्ने तलाई उठाउछु ,तलाई झुन्डाउछु समेत भनेर धम्काए, विभागमा उजुरी पछि आयोजनाका कर्मचारीले भेटौन भने मैले पुरातत्त्व विभाग सग छलफल गर्नुहोस म सग भेट्न जरुरी छैन भने र कहिलै भेटिन।

२०८० साल जेठ २५गते कसैको साथ नपाएपछि म पुरातत्त्व विभागमा पुगेर निवेदन दर्ता गरे पुरातत्त्व विभाग पनि कहाँ काम गर्छ तत्कालीन महानिर्देशकको कार्यकक्षमा चर्काचर्कि पर्यो , कानुन विपरीत सम्पदा नास गर्दा पनि पुरातत्त्व विभाग मौन बस्छ र कानुनि कारबाही गर्दैन भने मैले म यहि आत्मदाह गर्दिन्छु भनेपछि २०८० /२ /२८ विभागले पत्र काट्यो तर सडक विभागले काम रोकेन , फेरि २०८० साल ३ / ३ गते फेरि पुरातत्त्व विभागले जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोक , जिल्ला समन्य समिति बनेपा नगरपालिका जिल्ला प्रहरी समेतलाई पत्र काट्यो फेरि पनि सम्पदाको चिरहरण रोकियन , त्यसपछि नेपाल सरकारको सिंहदरबारमा हुने नियमित पत्रकार सम्मेलनमा ३ महिना लड्दै आफुले समाचार लेखेको र प्रमाण सहित उजुरी गर्दा पनि कानुनको कार्यन्यन नभएको के अब प्रधानमन्त्री कार्यालय अघि पत्रकारले कानुन कार्यनयन गर्न आत्मदाह गर्नु पर्ने हो भनेर नेपाल सरकारको प्रवक्ता सुचना प्रविधि तथा सञ्चार मन्त्री सग पटक पटक कडा सवाल जवाफ भएपछि भत्काउन थालेको ८ महिना पछि बल्ल सडक विभागले सिहदरबारको आदेश मान्दै ठेकेदारलाई काम रोक्न आदेश दियो र काम रोकियो! जेठ देखि सम्पदाको दोहन गर्न विरुद्ध प्राचीन स्मारक सरक्षण ऐन २०१३ अनुसार कडा कारबाही होस । अब काभ्रेपलान्चोक जिल्लाका प्राचीन सम्पदाहरुको नास गर्नहरु विरुद्ध सरकार निर्मम भएर प्रस्तुत होस भन्ने मेरो माग छ :


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?