Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

प्राचीन सम्पदाहरुको नास गर्नेहरु विरुद्ध सरकार निर्मम हाेस


-श्रीकृष्ण धिमाल

प्राचीन सम्पदा संरक्षणमा एउटा ठुलो युद्धको विजय तर्फ अघि बढियो । नेपालको संविधान २०७२ र प्राचीन स्मारक सरक्षण ऐन २०१३ विरुद्ध गएर विकासको नाममा काभ्रेपलान्चोक जिल्लाको बनेपा नपा १३ र १४ को साँगा, भैसेपाटिको ढुङ्गेधारा भत्काउने, सार्ने वा फुटाउने योजना मात्र थिएन , ढुङ्गेधारा मासेपछि नासिका मन्दिर समेत भत्काउने विधर्मिहरुको योजना वुझेपछि म नेपालको आम नागरिक चुप रहन सकिन,( मैले जनप्रतिनिधिहरु सग हार गुहार मागे, तिनिहरुले मलाई त बनेपाको बिकास रोक्ने तलाई उठाउछु ,तलाई झुन्डाउछु समेत भनेर धम्काए, विभागमा उजुरी पछि आयोजनाका कर्मचारीले भेटौन भने मैले पुरातत्त्व विभाग सग छलफल गर्नुहोस म सग भेट्न जरुरी छैन भने र कहिलै भेटिन।

२०८० साल जेठ २५गते कसैको साथ नपाएपछि म पुरातत्त्व विभागमा पुगेर निवेदन दर्ता गरे पुरातत्त्व विभाग पनि कहाँ काम गर्छ तत्कालीन महानिर्देशकको कार्यकक्षमा चर्काचर्कि पर्यो , कानुन विपरीत सम्पदा नास गर्दा पनि पुरातत्त्व विभाग मौन बस्छ र कानुनि कारबाही गर्दैन भने मैले म यहि आत्मदाह गर्दिन्छु भनेपछि २०८० /२ /२८ विभागले पत्र काट्यो तर सडक विभागले काम रोकेन , फेरि २०८० साल ३ / ३ गते फेरि पुरातत्त्व विभागले जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोक , जिल्ला समन्य समिति बनेपा नगरपालिका जिल्ला प्रहरी समेतलाई पत्र काट्यो फेरि पनि सम्पदाको चिरहरण रोकियन , त्यसपछि नेपाल सरकारको सिंहदरबारमा हुने नियमित पत्रकार सम्मेलनमा ३ महिना लड्दै आफुले समाचार लेखेको र प्रमाण सहित उजुरी गर्दा पनि कानुनको कार्यन्यन नभएको के अब प्रधानमन्त्री कार्यालय अघि पत्रकारले कानुन कार्यनयन गर्न आत्मदाह गर्नु पर्ने हो भनेर नेपाल सरकारको प्रवक्ता सुचना प्रविधि तथा सञ्चार मन्त्री सग पटक पटक कडा सवाल जवाफ भएपछि भत्काउन थालेको ८ महिना पछि बल्ल सडक विभागले सिहदरबारको आदेश मान्दै ठेकेदारलाई काम रोक्न आदेश दियो र काम रोकियो! जेठ देखि सम्पदाको दोहन गर्न विरुद्ध प्राचीन स्मारक सरक्षण ऐन २०१३ अनुसार कडा कारबाही होस । अब काभ्रेपलान्चोक जिल्लाका प्राचीन सम्पदाहरुको नास गर्नहरु विरुद्ध सरकार निर्मम भएर प्रस्तुत होस भन्ने मेरो माग छ :


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?