Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

सङ्गीत संरक्षण र प्रवर्धन सबैको कर्तव्य हाेः राष्ट्रपति पौडेल


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ ।नातिकाजी स्मृति समाजले शीतलनिवासमा सोमबार आयोजना गरेको नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सङ्गीतमा विभिन्न जातजातिका बाजा, भाका, गीत, सङ्गीतका आफ्नै परिवेश, मौलिक धुन, विशिष्ट शैली र महत्व रहेको र त्यसको जगमा नै नेपाली राष्ट्रिय सङ्गीतको विकास हुँदै आएको धारणा व्यक्त गर्नुभयो ।

“सिर्जना राष्ट्रका सम्पदा, संस्कृति राष्ट्रका पहिचान र कलाकार राष्ट्रका अमूल्य नीधि हुन्”,उहाँंले भन्नुभयो, “कलाकार सिर्जना र संस्कृतिका संवाहक हुन्, कलाकारका साधनाबाट सिर्जित सिर्जनाले राष्ट्रको पहिचान स्थापित गर्ने गर्छ ।” उहाँले नेपालको भौगोलिक विविधता र सांस्कृतिक विशिष्टता नै विश्वमा पृथक पहिचानका रुपमा रहेको र यहाँको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता विश्वमै नमूना रहेको उल्लेख गर्दै नेपाली समाजको विविधतालाई यिनै लोकसंस्कृति, गीत र सङ्गीतले एकढिक्का बनाउन सघाएको बताउनुभयोे । “विविध जाति र उनीहरूको भाषा, संस्कृति, गीत, सङ्गीतको एकता नै नेपाली सङ्गीतको राष्ट्रिय स्वरुप हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

नेपाली लोक भाका पछ्याउँदै नेपाली आधुनिक गीत सङ्गीतको सिर्जनामा नातिकाजीले पु¥याउनुभएको योगदान अतुलनीय रहेको स्मरण गर्नुभयो । नेपाली गीत सङ्गीतको क्षेत्रमा जीवनभर लाग्नुहुने श्रष्टालाई राज्यको तहबाटसमेत उचित महत्व दिँदै जानु नेपाली राष्ट्रिय हितकै विषयसमेत भएको उहाँले बताउनुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेलले नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान तथा नातिकाजी राष्ट्रिय पुरस्कार, नातिकाजी राष्ट्रिय संगीत पुरस्कार, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार र नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार विभिन्न महानुभावहरुलाई प्रदान गर्नुभयो । सो अवसरमा कलाकारहरुले विभिन्न गीत प्रस्तुत गर्नुभएको थियो ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?