Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

अनलाइन कक्षा सञ्चालन नगर्न त्रिविको मानविकी संकायले दियो निर्देशन


काठमाडौं। त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकायको डीनको कार्यालयले अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ ।

उक्त डीनको कार्यालयले सूचना जारी गर्दै कतै अनलाइन कक्षा सञ्चालन भएमा त्यस्ता विभाग, क्याम्पस, कलेज नै जिम्मेवार हुने र त्यसरी अध्ययन गरेका विद्यार्थीहरुको सत्रान्त परीक्षा सञ्चालन गर्न डीन कार्यालय बाध्य नहुने समेत उल्लेख गरेको छ । सो कार्यालयले त्रिभुवन विश्वविद्यालय विद्युतीय माध्याम (अनलाइन) को प्रविधिबाट गरिने कक्षा सञ्चालन एवं खुला तथा दूर शिक्षा कार्यक्रम सञ्चालन सम्बन्धी विनियम, २०७७ अनुसारको प्रक्रिया पूरा भइनसकेको जनाएको छ ।

डीनको कार्यालयका अनुसार स्नातकोत्तर, अधिनास्तक (पीजीडी) स्नातक तहका शैक्षिक कार्यक्रमहरु भौतिक उपस्थितिमा नै पठनपाठन सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ, तर कतिपय विभाग, क्याम्पस, कलेजहरुले अनलाइनमार्फत कक्षा सञ्चालन गर्ने सूचना प्रकाशित गरेको पाइएको र त्यस सूचनाप्रति डीन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो ।

 

 


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?