Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

अनलाइन कक्षा सञ्चालन नगर्न त्रिविको मानविकी संकायले दियो निर्देशन


काठमाडौं। त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकायको डीनको कार्यालयले अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ ।

उक्त डीनको कार्यालयले सूचना जारी गर्दै कतै अनलाइन कक्षा सञ्चालन भएमा त्यस्ता विभाग, क्याम्पस, कलेज नै जिम्मेवार हुने र त्यसरी अध्ययन गरेका विद्यार्थीहरुको सत्रान्त परीक्षा सञ्चालन गर्न डीन कार्यालय बाध्य नहुने समेत उल्लेख गरेको छ । सो कार्यालयले त्रिभुवन विश्वविद्यालय विद्युतीय माध्याम (अनलाइन) को प्रविधिबाट गरिने कक्षा सञ्चालन एवं खुला तथा दूर शिक्षा कार्यक्रम सञ्चालन सम्बन्धी विनियम, २०७७ अनुसारको प्रक्रिया पूरा भइनसकेको जनाएको छ ।

डीनको कार्यालयका अनुसार स्नातकोत्तर, अधिनास्तक (पीजीडी) स्नातक तहका शैक्षिक कार्यक्रमहरु भौतिक उपस्थितिमा नै पठनपाठन सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ, तर कतिपय विभाग, क्याम्पस, कलेजहरुले अनलाइनमार्फत कक्षा सञ्चालन गर्ने सूचना प्रकाशित गरेको पाइएको र त्यस सूचनाप्रति डीन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो ।

 

 


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?