Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’


चितवन। रोटरी क्लब अफ रत्ननगरले यहाँको समग्र पर्यटन प्रवर्द्धन गर्न ‘मिनी म्याराथन’ आयोजना गर्ने भएको छ । महिला र पुरुष दुई समूहमा म्याराथन गर्न लागिएको हो ।

उक्त आयोजक संस्थाले आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका बारेमा जानकारी दिएको छ । आगामी फागुन १९ गते नारायणी नदी किनारबाट रत्ननगरको हरिहर मन्दिरसम्म म्याराथन दौड आयोजना गर्न लागिएको हो । सो कार्यक्रम संयोजक विपीन पोख्रेलले प्रतियोगितामा दुई किसिमबाट खेलाडी (धावक) ले प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने बताए ।

उनका अनुसार १४ दशमलव पाँच किमीको खुला प्रतियोगिता र पाँच किमी दूरीको महिला लक्षित प्रतियोगिता हुनेछन् । १४ दशमलव पाँच किमीको खुला प्रतियोगिता नारायणी नदी किनारबाट सुरु भई हरिहर मन्दिर रत्ननगरमा समापन हुनेछ भने पाँच किमी दूरीको महिला लक्षित प्रतियोगिता भरतपुर महानगरपालिकाको जङ्गल सीमाबाट प्रारम्भ भई सोही ठाउँमा समापन हुनेछ ।

सो प्रतियोगितामा राष्ट्रिय धावक (खेलाडी) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकसमेतको सहभागिता रहने उनले जानकारी दिए । सिमान्तकृत चेपाङ समुदायका धावकलाई विशेष प्रोत्साहन गरिने उनको भनाइ रहेको छ । उक्त प्रतियोगितामा चार सय हाराहारी सहभागी हुने अपेक्षा गरिएको छ । क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार राष्ट्रिय प्रतिभाको पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यबाट यो मिनी म्याराथन आयोजना गर्न लागिएको हो ।

दूरी पूरा गर्ने सबै चेपाङलाई रु दुई हजार पुरस्कारको व्यवस्था रहेको छ । त्यसैगरी पाँच किमी महिला लक्षित प्रतियोगितातर्फ प्रथम हुनेलाई रु २० हजार, दोस्रो हुनेलाई रु १० हजार, तेस्रो हुनेलाई रु पाँच हजार, चौथो हुनेलाई रु तीन हजार, पाँचौँ हुनेलाई रु दुई हजार पाँच सय, छैटौँदेखि १०औँलाई रु एक हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ भने दूरी पूरा गर्ने महिला चेपाङलाई रु एक हजार प्रदान गरिने उनले जानकारी दिए।

त्यस्तै, रोटरी डिस्ट्रिक तीन हजार दुई सय ९२ जोन ३७ का एसिस्टेन्ट गभर्नर सुरेन्द्र रेग्मीका अनुसार १५ दशमलव पाँच किमीतर्फको प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख नगद र प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यसैगरी दोस्रो हुनेलाई रु ५० हजार, तेस्रो हुनेलाई रु २५ हजार, चौथो हुनेलाई रु १० हजार, पाँचौँ हुनेलाई रु पाँच हजार र छैटौँदेखि १०औँ सम्मलाई रु तीन हजारसहित प्रमाणपत्र वितरण गरिनेछ ।

 


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?