Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

एमालेभित्र सङ्गठनात्मक अराजकता देखियोः नेता रिजाल


काठमाडौं। नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीभित्र सङ्गठनात्मक अराजकता चर्को समस्याका रूपमा देखिएको बताएका छन् । केन्द्रीय सदस्य रिजालले विभिन्न जिल्लामा अधिवेशनका क्रममा भएका विवाद, कुटाकुट र केन्द्रले हस्तक्षेप गर्नुपर्ने अवस्थाप्रति लक्षित गर्दै सांगठानिक अराजकता देखिएको स्वीकार गरेका हुन् ।

‘एक ठाउँमा समाधान गर्‍यो, अर्को ठाउँमा टाउको उठाइहाल्छ । पार्टी केन्द्रको निर्देशन कार्यान्वयनका सन्दर्भमा नेताहरूलाई अध्यक्ष स्वयंले १० घण्टा राखेर सम्झाउनुपर्छ, जिल्ला अधिवेशन सुचारु गर्न राति १ बजेसम्म छलफल गर्नुपर्छ, ‘सर्वसम्मत गर्‍यौँ’ भनेका जिल्ला अधिवेशनको विवाद केन्द्रसम्म आइपुग्छ र केन्द्रीय सङ्गठन विभागले हात हाल्नुपर्छ’, नेता रिजालले सोमबार सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।

उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व निर्विवाद रहेको समेत बताएका छन् । ‘विचारमा कुनै अलमल छैन । मिसनमा कहीँकतै अस्पष्टता छैन, तर पनि, यो के भइरहेको छ ? किन भइरहेको छ ? कतै अध्यक्ष कमरेडले भने जस्तै ’फाइल बढुवा’ र कमिटी कब्जा गरेर नेता बन्ने अभ्यासका कारण त यस्तो समस्या आइरहेको छैन ?’, रिजालको प्रश्न छ ।

सो पार्टी कब्जा गर्न व्यस्त हुने हो भने जनता अर्कैले कब्जा गरिसक्ने पनि बताएका छन् । ‘यसरी हामी आफ्नै पार्टी कमिटी कब्जा गर्न व्यस्त रह्यौँ भने दुःखका साथ भन्नुपर्छ– जनता अर्कैले कब्जा गरिसक्नेछ’, रिजालको भनाइ रहेको छ ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?