Trending
>>   ०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी >>   ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान >>   आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै >>   अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन >>   साप्ताहिक राशिफल :२०८२ साउन ३१ देखि भाद्र ७ सम्मका लागि >>   उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का >>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ?
Logo
३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

एमालेभित्र सङ्गठनात्मक अराजकता देखियोः नेता रिजाल


काठमाडौं। नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीभित्र सङ्गठनात्मक अराजकता चर्को समस्याका रूपमा देखिएको बताएका छन् । केन्द्रीय सदस्य रिजालले विभिन्न जिल्लामा अधिवेशनका क्रममा भएका विवाद, कुटाकुट र केन्द्रले हस्तक्षेप गर्नुपर्ने अवस्थाप्रति लक्षित गर्दै सांगठानिक अराजकता देखिएको स्वीकार गरेका हुन् ।

‘एक ठाउँमा समाधान गर्‍यो, अर्को ठाउँमा टाउको उठाइहाल्छ । पार्टी केन्द्रको निर्देशन कार्यान्वयनका सन्दर्भमा नेताहरूलाई अध्यक्ष स्वयंले १० घण्टा राखेर सम्झाउनुपर्छ, जिल्ला अधिवेशन सुचारु गर्न राति १ बजेसम्म छलफल गर्नुपर्छ, ‘सर्वसम्मत गर्‍यौँ’ भनेका जिल्ला अधिवेशनको विवाद केन्द्रसम्म आइपुग्छ र केन्द्रीय सङ्गठन विभागले हात हाल्नुपर्छ’, नेता रिजालले सोमबार सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।

उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व निर्विवाद रहेको समेत बताएका छन् । ‘विचारमा कुनै अलमल छैन । मिसनमा कहीँकतै अस्पष्टता छैन, तर पनि, यो के भइरहेको छ ? किन भइरहेको छ ? कतै अध्यक्ष कमरेडले भने जस्तै ’फाइल बढुवा’ र कमिटी कब्जा गरेर नेता बन्ने अभ्यासका कारण त यस्तो समस्या आइरहेको छैन ?’, रिजालको प्रश्न छ ।

सो पार्टी कब्जा गर्न व्यस्त हुने हो भने जनता अर्कैले कब्जा गरिसक्ने पनि बताएका छन् । ‘यसरी हामी आफ्नै पार्टी कमिटी कब्जा गर्न व्यस्त रह्यौँ भने दुःखका साथ भन्नुपर्छ– जनता अर्कैले कब्जा गरिसक्नेछ’, रिजालको भनाइ रहेको छ ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?