Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

टेलिकमको विकासमा आत्म समीक्षा गर्न जरुरी छ: मन्त्री शर्मा


काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकमको विकासको लागि आत्म समीक्षा गर्न आवश्यक रहेका बताएकी छिन् ।

सोमबार नेपाल टेलिकमको २०औँ वार्षिकोत्सव समारोहमा उनले एक अर्कालाई दोष लगाएर उम्कनसक्ने अवस्थामा नरहेको भन्दै सरकारको तर्फबाट आत्म समीक्षा गर्न नीतिगत समस्या समाधान गर्न तयार रहेको बताएकी छन् ।

उनले भनिन्, ‘हामीले एक अर्कालाई दोष लगाएर उम्कन सक्ने अवस्थामा छैनौ, त्यस कारण गम्भीरतापूर्वक समीक्षा गरौँ, सरकारको तर्फबाट हामी आत्म समीक्षा गर्न तयार छौ, नीतिगत रुपमा कहाँ के समस्याको समाधान गर्न पर्ने हो हामी तयार छौ, तर कार्य सम्पादनको सवालमा तपाईँहरूले आत्म समीक्षा गर्नुपर्छ । आत्म समीक्षालाई मूल बनाउ अर्कालाई दोष दिने कुरा सहायक मात्र बनाऔँ । ’उनले कमजोरीलाई सुधार गर्न योजना र ऊर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्ने सङ्कल्प गर्न आवश्यक भएको पनि बताएकी छन् ।

उनले भनिन्, ‘आज हामीले अघि सारेका सेवा सुधारका योजनाहरू र आय वृद्धिमा कार्ययोजनाहरुको प्रगतिको स्मरण र मूल्याङ्कन गर्ने समय हो । साथै हासिल गर्न नसकेका उपलब्धीको कारण के हो त्यसको समीक्षा गर्दै कमीकमजोरीलाई सुधार गर्न योजना र ऊर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्न सङ्कल्प गर्ने दिन पनि हो ।’

त्यसैगरी, दूरसञ्चारको क्षेत्रमा देखिने बेथिति र अन्यौलत हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुवै खालका काम अगाडि बढाइरहेको भन्दै कर्मचारीहरूको सेवा सुविधालाई व्यवस्थित गर्न आग्रह समेत गरिन् । नेपाल टेलिकम नेपाल सरकारको अधिक्तम स्वामित्व भएको संस्था भएकाले सरकारको उद्देश्य र लक्ष्य पूर्ति गर्न ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नेगरि आफ्नो नीति, योजना तथा कार्यक्रम अनुसार काम गर्न निर्देशन दिइन् ।

उक्त कार्य योजना र लक्ष्य अनुसार अघि बढ्दै फोरजी सेवाको विस्तार, अप्टिकल फाइबर योजनाहरू छिटो सम्पन्न गर्न, सेवाको गुणस्तरमा सुधार गर्न, आय चुहावटको नियन्त्रण गर्न पनि मन्त्री शर्माले निर्देशन दिएकी छन् ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?