Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

टेलिकमको विकासमा आत्म समीक्षा गर्न जरुरी छ: मन्त्री शर्मा


काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकमको विकासको लागि आत्म समीक्षा गर्न आवश्यक रहेका बताएकी छिन् ।

सोमबार नेपाल टेलिकमको २०औँ वार्षिकोत्सव समारोहमा उनले एक अर्कालाई दोष लगाएर उम्कनसक्ने अवस्थामा नरहेको भन्दै सरकारको तर्फबाट आत्म समीक्षा गर्न नीतिगत समस्या समाधान गर्न तयार रहेको बताएकी छन् ।

उनले भनिन्, ‘हामीले एक अर्कालाई दोष लगाएर उम्कन सक्ने अवस्थामा छैनौ, त्यस कारण गम्भीरतापूर्वक समीक्षा गरौँ, सरकारको तर्फबाट हामी आत्म समीक्षा गर्न तयार छौ, नीतिगत रुपमा कहाँ के समस्याको समाधान गर्न पर्ने हो हामी तयार छौ, तर कार्य सम्पादनको सवालमा तपाईँहरूले आत्म समीक्षा गर्नुपर्छ । आत्म समीक्षालाई मूल बनाउ अर्कालाई दोष दिने कुरा सहायक मात्र बनाऔँ । ’उनले कमजोरीलाई सुधार गर्न योजना र ऊर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्ने सङ्कल्प गर्न आवश्यक भएको पनि बताएकी छन् ।

उनले भनिन्, ‘आज हामीले अघि सारेका सेवा सुधारका योजनाहरू र आय वृद्धिमा कार्ययोजनाहरुको प्रगतिको स्मरण र मूल्याङ्कन गर्ने समय हो । साथै हासिल गर्न नसकेका उपलब्धीको कारण के हो त्यसको समीक्षा गर्दै कमीकमजोरीलाई सुधार गर्न योजना र ऊर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्न सङ्कल्प गर्ने दिन पनि हो ।’

त्यसैगरी, दूरसञ्चारको क्षेत्रमा देखिने बेथिति र अन्यौलत हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुवै खालका काम अगाडि बढाइरहेको भन्दै कर्मचारीहरूको सेवा सुविधालाई व्यवस्थित गर्न आग्रह समेत गरिन् । नेपाल टेलिकम नेपाल सरकारको अधिक्तम स्वामित्व भएको संस्था भएकाले सरकारको उद्देश्य र लक्ष्य पूर्ति गर्न ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नेगरि आफ्नो नीति, योजना तथा कार्यक्रम अनुसार काम गर्न निर्देशन दिइन् ।

उक्त कार्य योजना र लक्ष्य अनुसार अघि बढ्दै फोरजी सेवाको विस्तार, अप्टिकल फाइबर योजनाहरू छिटो सम्पन्न गर्न, सेवाको गुणस्तरमा सुधार गर्न, आय चुहावटको नियन्त्रण गर्न पनि मन्त्री शर्माले निर्देशन दिएकी छन् ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?