Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

दादुरा-रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो


काठमाडौं। सरकारले दादुरा-रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले दादुरा-रुबेला विरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको जानकारी दिएका छन्। उनले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको बताए ।

सो अभियान सञ्चालन गरी करिब ५७ लाख बालबालिकालाई यो खोप लगाइने कार्यक्रम रहेको छ । उनका अनुसार भारतीय सेरम इस्सिच्युटले उत्पादन गरेको उक्त खोप गाभीको अनुदानमा उपलब्ध भएको हो । सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका सबै बालबालिकालाई आगामी फागुन १३ गतदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जनाइएको छ ।

त्यस्तै, भारतसँग सीमा जोडिएका तथा दादुरा-रुबेलाको अति सङ्क्रमित २१ जिल्ला र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाइने खोप शाखाका प्रमुख डा. गौतमले जानकारी दिए । क्रमशः५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने उनको भनाइ रहेको थियो ।

सरकारले यसअघि नै भूकम्पका बेला जाजरकोट र पश्चिम रुकुममा खोप अभियान सञ्चालन गरिसकेको छ भने सन् २०२६ सम्म दादुरा-रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालिएको हो । उक्त खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा।सुरेन्द्र चौरसियाले खोप टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा रहेको जनाउँदै चाँडै नै जिल्लामा पठाइने बताए ।

दादुरा-रुबेला भएको बेला ज्वरो आउने, शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने लक्षण देखिने भन्दै समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै निमोनिया, कान पाक्नेलगायत समस्या हुने उनले जानकारी दिए । सामान्यता दादुरा-रुबेला लागेका बिरामीको आँखा पाकेर अन्धो हुने, कान पाकेर नसुन्ने, निमोनिया भएर श्वासप्रश्वास फेर्न समस्या हुने गर्दछ । गतबर्ष १९ जिल्लामा दादुरा-रुबेला महामारीका रूपमा फैलिएको थियो ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?