Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

 अझै पनि बनेन ह्याक भएको त्रिविको वेबसाइट


काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको ह्याक भएको वेबसाइट अझै बन्न सकेको छैन । ह्याक भएको ६ दिन बितिसक्दा पनि वेबसाइट सञ्चालनमा आउन नसकेको हो ।

उक्त परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट कक्षा १२ मा पढ्ने एक विद्यार्थीले ह्याक गरेका थिए । उनले ह्याक गरेर आफ्नो फेसबुक लिंक गराएका थिए, तर पनिकाले अझै पनि उक्त वेबसाइट बनाउन सकेको छैन । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका आईटी प्रमुख दीपकबहादुर शाहीले वेबसाइट भोलीसम्ममा सञ्चालनमा आउने बताएका छन् ।

त्यस्तै, सुरक्षासहितको वेबसाइट बनाउन लागिएको र त्यसका लागि डेभलपरहरूले काम गरिरहेको उनको भनाइ रहेका छ । पहिला सुविधा मात्र थियो । अब सुविधासँगै सुरक्षा समेत राखेर वेबसाइट बनाउन लागिएको छ । यसमा आईटीको टिमले काम गरिरहेको छ । सम्भवस् आज साझसम्म्म सञ्चालनमा आउँछ । आज भ्याइएन भने भोलीबाट हुन्छ’ प्रमुख शाहीले भने ।

पनिकाले माघ १५ गतेदेखि अनलाइन मार्फत सेवा प्रवाह थालेको थियो भने शैक्षिक प्रमाणपत्र लगायतका पनिकाले दिने सेवाहरू अनलाइन मार्फत थालेको थियो,तर अनलाइन मार्फत थालेको दोस्रो दिन नै कक्षा १२ मा पढ्दै गरेका विद्यार्थीले ह्याक गरेर आफ्नो फेसबुक लिंक गराएका थिए । त्यसको भोलिपल्ट माघ १६ गते पनिकाले वेबसाइट बन्द गरेर साइटलाई बनाउन थालेको हो, तर अझैसम्म सञ्चालनमा आउन सकेको छैन ।

यो बिचमा पनिकाले एमएको नतिजा सार्वजनिक गरेको थियो, तर विद्यार्थीहरूले त्यो नतिजा हेर्न पाएका छैनन् भने पनिकाले सार्वजनिक गर्ने अन्य सूचना समेत वेबसाइट मार्फत सार्वजनिक गर्न पाएको छैन । आवश्यक गोपनीयता तथा सुरक्षाको ख्याल नगरी नै त्रिविले वेबसाइट सञ्चालनमा ल्याउँदा यस्तो समस्या देखिएको हो ।

 


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?