Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

 अझै पनि बनेन ह्याक भएको त्रिविको वेबसाइट


काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको ह्याक भएको वेबसाइट अझै बन्न सकेको छैन । ह्याक भएको ६ दिन बितिसक्दा पनि वेबसाइट सञ्चालनमा आउन नसकेको हो ।

उक्त परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट कक्षा १२ मा पढ्ने एक विद्यार्थीले ह्याक गरेका थिए । उनले ह्याक गरेर आफ्नो फेसबुक लिंक गराएका थिए, तर पनिकाले अझै पनि उक्त वेबसाइट बनाउन सकेको छैन । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका आईटी प्रमुख दीपकबहादुर शाहीले वेबसाइट भोलीसम्ममा सञ्चालनमा आउने बताएका छन् ।

त्यस्तै, सुरक्षासहितको वेबसाइट बनाउन लागिएको र त्यसका लागि डेभलपरहरूले काम गरिरहेको उनको भनाइ रहेका छ । पहिला सुविधा मात्र थियो । अब सुविधासँगै सुरक्षा समेत राखेर वेबसाइट बनाउन लागिएको छ । यसमा आईटीको टिमले काम गरिरहेको छ । सम्भवस् आज साझसम्म्म सञ्चालनमा आउँछ । आज भ्याइएन भने भोलीबाट हुन्छ’ प्रमुख शाहीले भने ।

पनिकाले माघ १५ गतेदेखि अनलाइन मार्फत सेवा प्रवाह थालेको थियो भने शैक्षिक प्रमाणपत्र लगायतका पनिकाले दिने सेवाहरू अनलाइन मार्फत थालेको थियो,तर अनलाइन मार्फत थालेको दोस्रो दिन नै कक्षा १२ मा पढ्दै गरेका विद्यार्थीले ह्याक गरेर आफ्नो फेसबुक लिंक गराएका थिए । त्यसको भोलिपल्ट माघ १६ गते पनिकाले वेबसाइट बन्द गरेर साइटलाई बनाउन थालेको हो, तर अझैसम्म सञ्चालनमा आउन सकेको छैन ।

यो बिचमा पनिकाले एमएको नतिजा सार्वजनिक गरेको थियो, तर विद्यार्थीहरूले त्यो नतिजा हेर्न पाएका छैनन् भने पनिकाले सार्वजनिक गर्ने अन्य सूचना समेत वेबसाइट मार्फत सार्वजनिक गर्न पाएको छैन । आवश्यक गोपनीयता तथा सुरक्षाको ख्याल नगरी नै त्रिविले वेबसाइट सञ्चालनमा ल्याउँदा यस्तो समस्या देखिएको हो ।

 


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?