Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

प्रेस चौतारीले छ पत्रकारलाई पुरस्कृत गर्ने


काठमाडौं। प्रेस चौतारी नेपालले यसवर्षको हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण दैनिकका सम्पादक अखण्ड भण्डारीलाई प्रदान गर्ने भएको छ । चौतारीको २६औँ स्थापना दिवसका अवसरमा उक्त प्रदान गरिने प्रेस चौतारीका महासचिव हीरामान लामाले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार सिन्धुपाल्चोकका माधव नेपाल, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार रुकुमपूर्वका महेश केसीलाई प्रदान गरिने भएको छ भने सो चौतारीले वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार रौतहटका फनिदेव महत, सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काभ्रेपलाञ्चोकी काजल तामाङ, चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार रामेछापकी यासिमा महतलाई प्रदान गरिने प्रेस चौतारीले जनाएको छ ।

उक्त चौतारीको यही माघ २२ गते आफ्नो २६औँ स्थापना दिवस मनाउने र उक्त पुरस्कार प्रदान गरिने चौतारीका महासचिव हीरामान लामाले जानकारी दिए । सो चौतारीले पुरस्कार छनोट गर्नका लागि वरिष्ठ पत्रकार गोविन्द पोख्रेलको संयोजकत्वमा सङ्गठनका महासचिव हीरामान लामा र सचिव हरिवल्लभ नेपाल सदस्य रहेको समिति गठन गरिएको थियो ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?