Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सङ्ग्राहलय बनाउन मगर महोत्सव


पर्वत। मगर समुदायको संस्कृति, परम्परा र भेषभुषाको संरक्षणका लागि सङ्ग्राहलय निर्माण गर्ने उद्देश्यले पर्वतमा राष्ट्रिय मगर महोत्सव आयोजना गरिने भएको छ । आगामी फागुन १५ गतेदेखि २६ गतेसम्म मगर महोत्सव आयोजना गरिने भएको हो ।

पर्वतमा सामाजिक गतिविधिमा सक्रिय मगर समुदायको साझा संस्था पुन युवा क्लबले ४२औँ मगर दिवसका अवसरमा तेस्रोपटक मगर महोत्सव गर्न लागिएको हो ।

‘कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यबद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सञ्चालन गर्न लागिएको महोत्सवमा अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गरिने छ । प्रतियोगितामा प्रथम हुनेले रु दुई लाख दुई हजार दुई सय २२, द्वितीय हुनेले रु एक लाख एक हजार एक सय ११ र तृतीय हुनेले रु ५० हजार एक सय ११ प्राप्त गर्नेछन् ।

त्यसैगरी पालिकास्तरीय महिला भविबल, प्रौढ भलिबल, पुख्र्यौली नाच, रत्यौली र लोकभजनलगायतका प्रतियोगिता पनि आयोजना गरिनेछ । महोत्सवमा मगर समुदायको पहिचानका रुपमा रहेका सोरठी, सालैजो, यानिमाया, सुनिमाया लगायतको प्रस्तुति समेत रहनेछ ।

उक्त महोत्सव आयोजनाका लागि विभिन्न १८ वटा उपसमिति गठन गरिएको छ मूल संयोजक कृष्ण पुनले जानकारी दिए । त्यसैगरी महोत्सवमा विश्वकै दोस्रो अग्लो बञ्जी, जीपलाइन, केवुलकार, झोलुङ्गे पुलको अवलोकन, हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय कलाकाको प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ ।

सो महोत्सवमा दुई सयभन्दा बढी व्यावसायिक प्रदर्शनी कक्ष रहने मूल संयोजक पुनले जानकारी दिए । उनका अनुसार महोत्सबवाट रु ७२ लाख आम्दानी हुने अपेक्षा गरिएको छ भने रु ५३ लाख खर्च हुने अनुमान छ भने महोत्सवबाट बचत हुने रकम नुमना मगर सङ्ग्रहालय निर्माणमा खर्च गरिनेछ ।

उक्त सङ्ग्रहालय निर्माणका लागि शिलान्यासपछि केही काम भए पनि बजेट अभावले काम सम्पन्न हुन नसकेको नेपाल मगर सङ्घका केन्द्रीय सदस्य सोम पुनले जानकारी दिएका छन् ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?