Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु


काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सर्लाही, मोरङ र रामेछाप जिल्लामा दुर्घटना भएका हुन् ।

त्यस्तै, मोरङको रंगेली नगरपालिका-३ रंजनीस्थित आनन्द इँटाभट्टाभित्र को.१ त ८५७८ नम्बरको ट्याक्टरको ठक्करबाट भट्टामा काम गर्ने भारत कुच बिहार घर भएका ५५ वर्षीय बिसन्दु मियाको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ भने उक्त ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको बागमती नगरपालिका-१२ भरत तालस्थित सडकमा मधेस प्रदेश ०३-०२५ प ५९२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बरहथवा नगरपालिका-७ बस्ने १९ वर्षीया अस्मिता रायको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको चन्द्रपुर हस्पिटल रौतहटमा उपचारको क्रममा मृत्यु भएको हो भने सो मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी रामेछापको रामेछाप नगरपालिका-८ रामेछापडाँडामा लु.९६ प १९६० नम्बरको मोटरसाइकलको ठक्करबाट रामेछापडाँडा बस्ने भारत भएका जावेद खानको छोरा ७ वर्षीय मुराज खानको शनिबार दिउँसो मृत्यु भएको छ । सो ठक्करबाट गम्भीर घाइते भएका उनको धुलेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सो मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङकै कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा प्र ३-०१-०२४ च ७३७७ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको छ । सो ठक्करबाट गम्भीर घाइते भएकी उनको मदन भण्डारी अस्पताल तथा ट्रमासेन्टर उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको हो भने पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?