Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नेपाली चलचित्रमा डेब्यु गर्ने तयारीमा रहेका रोशन प्रतापकाे हट अवतार (फाेटाे फिचर)


काठमाडौँ । काठमाडौँमा जन्मिएर २ बर्षको उमेर देखि आफ्नो पुरा परिवार सहित अमेरिका बसोबास गर्दै आएका रोशन प्रताप जंग बहादुर राणा अमेरिका लगायत अन्य देशहरुमा अन्तराष्ट्रिय फेशन तथा र्याम्प मोडलिङ रमाउंदै आएका मोडल हुन्। बलिष्ठ शरीर, अग्लो कद, मन लोभ्याउने डिम्पल र आकर्षक लुक्स भएका रोशन अमेरिकामा आफ्नै ब्यापार व्यवसाय समेत गर्दै आएका उनि नेपाल र नेपालीलाइ औधी माया गर्नेमा एनआरएनए पर्छन। आफ्नो देश प्रतिको माया र लगाबले गर्दा उनले केहि समय अघि देखि नेपालमा समेत व्यवसाय गर्दै देश प्रतिको कर्तब्य निर्बाह गर्दै आएका छन्। नेपाल र अमेरिका अहोर दोहोर गरिरहने रोशनको मन भने सधै नेपालमा रहन्छ। उनि नेपालमा नै रमाउछन।

आफ्नो कला संस्कृति भाषा र मौलिक पहिचानलाइ औधी माया गर्ने रोशन नेपाली चलचित्र क्षेत्र आफ्नै निर्माण रहने चलचित्र मार्फत आउन लागेका छन्। नेपाली कला संस्कृति मौलिकतालाइ विश्व माझ पुर्याउने उदेश्यले निर्माण हुन लागेको चलचित्र नेपाल लगायत अमेरिका र अन्य देशमा समेत छायांकन गरिने उनले जनाए। चलचित्रमा नयाँ पुराना कलाकारहरुलाई समाबेस गरिने छ भने बिदेशी कलाकारहरुलाइ समेत चलचित्रमा अनुबन्ध गरिने छ। समाजसेवामा समेत रुचि राख्ने राणाले जाजरकोट भुकम्प पिडितलाइ ५ लाख सहयोग प्रदान गरेका थिए भने विभिन्न आश्रममा सहयोग समेत गर्दै आएका छन् ।

 


प्रकाशित मिति: २० माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?