Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

फरवार्डद्वारा फेसवुक पेज विरुद्ध उजुरी !


रौतहट । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको विषयमा अनर्गल तथ्यहिन सूचना सम्प्रेषण गरेको भन्दै एसटीपी खबर नामक फेसवुक पेज विरुद्ध कानुनी कारवाहीको माग गर्दै उजुरी दिइएको छ । ‘फरवार्ड लघुवित्त संस्थाले पिडितहरुको बचत फिर्ता नदिएपछि पिडितहरुले संस्था कब्जा गरेको’भन्दै तथ्यहिन अनर्गल प्रचार गरेको भन्दै फरवार्ड प्रेस काउन्सिल नेपालमा कानुनी कारवाहीको माग गर्दै उजुरी दिइएको फरवार्डको कटहरी शाखाले जनाएको छ ।

गत माघ ९ गते कटहरीया रौतहट शाखामा मिटर ब्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समिति, रौतहटको नाममा केही ब्यक्तिहरुको समुहले जबरजस्ती शाखामा प्रवेश गरी ब्यानर, सुचनापाटी च्यात्ने तथा ताल्चा लगाउने, कर्मचारीहरुलाई गालीगलौज गर्ने कार्य गरेको तथा सोही क्रममा रौतहटको कटहरीया नगरपालिकामा रहेका अन्य लघुवित्त वित्तीय संस्थाहरुमा समेत सोही अनुसारको उत्तेजक कार्य गरी सवै लघुवित्तमा ताल्चा लगाएका थिए । घटनापछि ईलाका प्रहरी कार्यालय कटहरीया, रौतहटले सोही दिन साँझ ७ बजे प्रहरीको रोहबरमा वित्तीय संस्थाहरुमा लगाएको ताल्चा खोलेको थियो ।

घटनाको २ दिनपछि एसटीपी खबर नामक फेसवुक पेजमा सोही भिडियो राख्दै फरवार्ड लघुवित्त संस्थाले पिडितहरुको बचत फिर्ता नदिएपछि पिडितहरुले संस्था कब्जा गरेको’उल्लेख गरेकोमा फरवार्डले आपत्ति जनाउँदै कारवाहीको लागि काउन्सिलमा उजुरी गरेको हो ।

‘उल्लेखित घटनाको दुई दिनपछि मिति २०८०।१०।११ गते STP Khabar नाम गरेको Facebook ID मा “फरवार्ड लघुवित्त संस्थाले पिडितहरुको बचत फिर्ता नदिएपछि पिडितहरुले संस्था कब्जा गरेको छ” भनी मिति २०८०/१०/०९ गतेको घटनाको भिडियो राखी गलत तथा भ्रामक समाचार सम्प्रेषण भएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ फरवार्डले जारी गरेको विज्ञप्तिमा पनि भनिएको छ ।

फरवार्ड माईक्रोफाइनान्स बैंक तथा वित्तीय संस्था ऐन अन्तर्गत नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था भएको र संस्थाले विपन्न परिवारका महिलाहरुलाई बिना धित्तो सरल तरिकाले गाँउगाँउमा समुह बनाई लघुकर्जा प्रदान गर्दै आईरहेको, ग्राहक सदस्यहरुबाट भएको बचत रकम निजहरुकै नाममा जम्मा हुने र सो कारोबार अनलाईन पासबुकबाट समेत हेर्न सकिने ब्यवस्था गरिएको संस्थाले जनाएको छ ।


प्रकाशित मिति: २० माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?