Trending
>>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

‘क्यान इन्फोटेक’प्रति आम सर्वसाधारणको चासो बढ्यो: महासचिव अधिकारी


काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासंघका महासचिव चिरञ्जिवि अधिकारीले २९औँ संस्करणमा आइपुग्दा ‘क्यान इन्फोटेक’प्रति आम सर्वसाधारणको चासो बढेको र स्टल राख्ने कम्पनीहरुबीच पनि प्रतिस्पर्धा बढ्दै गएको बताएका छन् । माघ २५ बाट ५ दिन चल्ने इन्फोटेकमा २ सय बढी स्टलहरू रहने महासचिव अधिकारीले जानकारी दिएका हुन् ।

उनका अनुसार इन्फोटेकमा ‘स्टार्ट अप’लाई निःशुल्क स्टल दिइनेछ । ‘नयाँ नयाँ आइडीयाबाट काम गरिरहेका स्टार्ट अप बिजनेश, इन्नोभेशन प्रोडक्टलाई प्रोमोशन गर्नुपर्छ भनेर हामीले निःशुल्क स्टल दिँदैछौँ’ महासचिव अधिकारीले भने, ‘स्टार्ट अपलाई स्पेश दिनुपर्छ भनेर क्यान महासंघले इन्फोटेकमा निःशुल्क स्टल दिएर उहाँहरूको हौसला बढाउने प्रयास गर्दैछ । आउन इच्छा राख्ने जति सबैलाई सम्भव हुँदैन, जतिलाई राख्न सम्भव हुन्छ त्यतिलाई निुस्शल्क स्टल उपलब्ध गराउँदैछौँ । यो महत्त्वपूर्ण सुरुवात हो ।’

त्यस्तै, स्टार्ट अपले उद्योगी व्यवसायी र नीति निर्मातासँग स्टार्ट अप इस्यू र समाधानका बारेमा अन्तरक्रिया गर्न पाउन् भनेर उनीहरूका लागि आफूले नै नेतृत्व लिएर निःशुल्क स्टलको प्रबन्ध मिलाएको महासचिव अधिकारीले बताएका छन् ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?