Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

‘क्यान इन्फोटेक’प्रति आम सर्वसाधारणको चासो बढ्यो: महासचिव अधिकारी


काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासंघका महासचिव चिरञ्जिवि अधिकारीले २९औँ संस्करणमा आइपुग्दा ‘क्यान इन्फोटेक’प्रति आम सर्वसाधारणको चासो बढेको र स्टल राख्ने कम्पनीहरुबीच पनि प्रतिस्पर्धा बढ्दै गएको बताएका छन् । माघ २५ बाट ५ दिन चल्ने इन्फोटेकमा २ सय बढी स्टलहरू रहने महासचिव अधिकारीले जानकारी दिएका हुन् ।

उनका अनुसार इन्फोटेकमा ‘स्टार्ट अप’लाई निःशुल्क स्टल दिइनेछ । ‘नयाँ नयाँ आइडीयाबाट काम गरिरहेका स्टार्ट अप बिजनेश, इन्नोभेशन प्रोडक्टलाई प्रोमोशन गर्नुपर्छ भनेर हामीले निःशुल्क स्टल दिँदैछौँ’ महासचिव अधिकारीले भने, ‘स्टार्ट अपलाई स्पेश दिनुपर्छ भनेर क्यान महासंघले इन्फोटेकमा निःशुल्क स्टल दिएर उहाँहरूको हौसला बढाउने प्रयास गर्दैछ । आउन इच्छा राख्ने जति सबैलाई सम्भव हुँदैन, जतिलाई राख्न सम्भव हुन्छ त्यतिलाई निुस्शल्क स्टल उपलब्ध गराउँदैछौँ । यो महत्त्वपूर्ण सुरुवात हो ।’

त्यस्तै, स्टार्ट अपले उद्योगी व्यवसायी र नीति निर्मातासँग स्टार्ट अप इस्यू र समाधानका बारेमा अन्तरक्रिया गर्न पाउन् भनेर उनीहरूका लागि आफूले नै नेतृत्व लिएर निःशुल्क स्टलको प्रबन्ध मिलाएको महासचिव अधिकारीले बताएका छन् ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?