Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

प्रादेशिक अस्पतालमा बिरामीलाई रगत निःशुल्क


काभ्रेपलाञ्चोक। नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट प्रादेशिक अस्पतालले भर्ना भएका बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्करुपमा उपलब्ध गराउन ब्लड बैंकको सुरुआत गरेको छ ।

बागमती प्रदेश सरकारले २०७९ चैतमा तयार गरेको कार्यविधिअनुसार जिल्ला स्वास्थ्य कार्यालयले मेथिनकोट अस्पतालमा भर्ना भएका बिरामीका लागि आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन सम्झौता गरेअनुसार ब्लड बैंकको स्थापना गरिएको जनाइएको छ ।

उक्त ब्लड नगरपालिकाका प्रमुख कुन्साङ लामाले बिहीबार एक कार्यक्रमका बीच ब्लड बैंकको शुभारम्भ गरेका हुन् । सो अस्पतालले ब्लड बंैकका लागि आवश्यक पूर्वाधार व्यवस्थापन नभएका कारण करिब एक वर्ष ढिला भएको जनाएको हो । चालु आर्थिक वर्षको छ महिनापछि बिहीबारदेखि अस्पतालमा भर्ना भएका बिरामीका लागि आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराइने भएको हो ।

उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालका अनुसार ब्लड बैंक सञ्चालनसँगै आकस्मिक रुपमा दुर्घटना भएका बिरामीका लागि तथा अन्य अवस्थामा बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ भने ब्लड बैंकको स्थापनापछि सबै प्रकारका रोगको रगत परीक्षण तथा अन्य सेवा उपलब्धसमेत गराउने उद्देश्य रहेको जनाइएको छ ।

त्यस्तै, मिर्गौला रोगीका लागि डायलासिस सेवालाई पनि निरन्तरता दिइएको छ । विसं २०६६ मा स्थापित अस्पतालमा हाल दैनिक एक सयभन्दा धेरै बिरामीलाई सेवा दिने गरिएको छ भने सो अस्पतालले आगामी फागुन ५ गते आफ्नो स्थापनाको अवसरमा सिटी स्क्यान सेवा सुरु गर्ने योजना बनाएको छ ।

उक्त अस्पतालमा ब्लड ब्याग र रक्त परीक्षणका लागि आवश्यक शुल्क जिल्ला स्वास्थ्य कार्यालयले रेडक्रस काभ्रेपलााञ्चोकको ब्लड बैंकमार्फत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ भने सो कार्यालयले यसै अवसरमा जिल्लास्थित रेडक्रसको ब्लड बैंकमा पनि उक्त सुविधा उपलब्ध गराउने जनाएको छ ।

सो अस्पतालले सघन कक्ष (आइसियु) र नवजात शिशुको सघन कक्ष (एनआइसियु) सञ्चालनको तयारीमा रहेको अस्पतालले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा विस्तार गर्दै प्रदेशस्तरीयमा स्तरोन्नति गराइएको उक्त अस्पताल १५ बाट ५० श्ययामा व्यवस्थित गरिएको छ ।

उक्त अस्पतालमा हाल हृदयाघातका बिरामीका लागि पहिलो चरणको खोप निःशुल्क उपलब्ध गराइँदै आएको छ भने मानसिक रोगको उपचार, हाडजोर्नी, बाल रोग विशेषज्ञ तथा सम्पूर्ण ल्याब सेवा, रेबिज खोपलगायत नेपाल सरकारले तोकेको दुई सय ५० थरिका औषधि निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?