Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता लिएको दिन


काठमाडौं। आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्रले शाही सम्बोधन मार्फत शासन सत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक कु’ गरेको दिन । ज्ञानेन्द्रले २०६१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाई प्रत्यक्ष शासन सत्ता आफ्नै हातमा लिएका थिए । राजाले प्रधानमन्त्री हटाएर शासन सत्ता लिएको सम्झनामा नेपालमा माघ १९ लाई प्रजातन्त्रमाथि ‘कु’ भएको दिनका रूपमा सम्झने गरिन्छ ।

पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन जान बाध्य भएका थिए । त्यही आन्दोलनको सफलतापछि २ सय ३८ वर्षीय राजसंस्थाको अन्त्य भएको थियो ।  त्यसैगरी, सात दल र माओवादीबिच सहमति भई सुरु भएको जनआन्दोलनको प्रतिफलस्वरुप पछिल्लो राजनीतिक परिवर्तन सम्भव भएको हो । त्यसैको जगमा भएको पहिलो संविधानसभाले मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको थियो ।

तत्कालीन राजाको यो कदमले तत्कालीन ७ दल र नेकपा माओवादीलाई नजिक तुल्याएको थियो । त्यसपछि भएको १२ बुँदे सहमतिको जगमा २०६२–६३ को जनआन्दोलन भएको थियो ।

 


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?