Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

सिञ्जामा बहु प्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुल्यो


जुम्ला। सिञ्जा गाउँपालिकाको–६ स्थित भाडगाउँको दिलौरीमा स्थापना हुने बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुलेको छ ।

शिक्षालयलाई चाहिने जग्गा पास भएको छ । उक्त गाउँपालिकाको लगातारको लामो प्रयासपश्चात प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) ले स्वीकृति प्रदान गरेसँगै दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापनाको काम अब अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिएका छन्।

हालसम्म कुल १७ हजार एक सय ६५ वर्गमिटर जग्गा प्राप्त भएको छ भने बाँकी थप जग्गा प्राप्तिको क्रममा रहेको गाउँपालिकाका अध्यक्ष धितालको भनाइ रहेको छ । त्यस्तै, सिटीइभिटी सानोठिमी भक्तपुरले सिञ्जालाई बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृति प्रदान गरेको सिटीइभिटी पोलिटेक्निक महाशाखाका निर्देशक देवेशचन्द्र देवकोटाले जानकारी दिए ।

भौतिक पूर्वाधार निर्माण तथा आर्थिक सुनिश्चितता सरकारले गर्नेगरी आङ्गिक शिक्षालयका लागि औपचारिकरूपमा जग्गा पास भएको गाउँपालिकाका सूचना अधिकारी मित्रलाल धितालले जानकारी दिए । सरकारले आफ्नै लगानीमा शिक्षालय स्थापना गर्ने भएको छ भने यहाँका विपन्न घरपरिवारका छोराछोरीले प्राविधिक शिक्षामा सहज पहुँच हुने गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले बताइन् ।

त्यस्तै, बहुप्राविधिक शिक्षालय स्वीकृत गराउन जग्गा निःशुल्क प्रदान हुने व्यवस्था मिलाइएको थियो । समन्वयको जिम्मेवारी पालिकाले लिने र विपन्न नागरिकका छोराछोरीलाई गाउँमै प्राविधिक शिक्षा प्रदान गर्दा राहत पुग्नेलगायत समस्या दर्शाएपछि यो ठूलो उपलब्धि हासिल भएको गाउँ पालिकाले जनाएको छ ।


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?