Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

ललितपुर महानगरद्वारा एलएमसी अलर्ट मोबाइल एप सुरु


काठमाडौं। ललितपुर महानगरपालिकाले महानगरको मोबाइल एप सुरु गरेको छ। बिहीबार एक कार्यक्रम गरी महानगरप्रमुख चिरिबाबु महर्जनले एलएमसी अलर्ट मोबाइल एपको शुभारम्भ गरेका हुन्।

उक्त महानगर क्षेत्रभित्र कुनैपनि समस्या, विपत्ति वा गुनासो भएमा एप खोलेर तीन पटकको ट्यापमा आफ्नो सन्देश सिधै नगर प्रहरीको कन्ट्रोल रूमसम्म पठाउन सकिनेछ। मोबाइल एप विशेषगरी महानगर प्रहरीलाई छिटो सूचना दिनका लागि बनाइएको र एपमार्फट २१ वटा अलर्ट र गुनासो पठाउन सकिने बताइएको छ । दमकल, एम्बुलेन्स, शववाहन चाहिएमा पनि एपमार्फत नै सन्देश पठाउन सकिन्छ ।

त्यस्तै कतै ढल फुटेको वा बिग्रिएको भेटिएमा, सडक बत्ती बिग्रिएको देखिएमा पनि एपमार्फत सूचना दिन सकिन्छ। त्यसमा महानगरले छिटोभन्दा छिटो गुनासो सम्बोधन गर्ने बताइएको छ।


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?