Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानेचस्टर सिटी विजयी


काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानेचस्टर सिटी विजयी भएको छ । बुधबार राति भएको खेलमा सिटीले बर्नलेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु इथिहाड स्टेडियममा भएको खेलमा सिटीलाई जिताउन जुलियन अल्भारेजले २ गोल गर्दा रोड्रीले १ गोल थपेका थिए । अमेन अल दखिलले बर्नलेका लागि १ गोल फर्काए ।

त्यस्तै, १६औं मिनेटमा म्याथेस नुनेजको पासमा अल्भारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए । उनै अल्भारेजले केभिन डी ब्रुएनाको पासमा २२ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा २ गोलको अग्रता लिएको सिटीले दोस्रो हाफको सुरुमै (४६औ मिनेट) मा तेस्रो गोल गरेको थियो ।

रोड्रीले व्यक्तिगत पहिलो गोल गर्दा सिटी ३-० को सहज अवस्थामा अघि बढेको थियोभने। दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा अमेन अल दखिलले डेभिड फोफानाको पासमा गोल गर्दै अन्तर कम गरे पनि हार भने टरेन ।

सो जितसँगै सिटी ४६ अंकका साथ दोस्रो स्थानमा छ भने बर्नले पुछारबाट दोस्रो स्थानमा रहँदै रेलिगेशनको खतरामा परेको छ । प्रिमियर लिगकै अर्को खेलमा टोटनह्यामले ब्रेन्टफोर्डलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।

उक्त जितसँगै टोटनह्याम चौथो स्थानमा उक्लँदा ब्रेन्टफोर्ड १५ औं स्थानमा छ ।


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?