Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानेचस्टर सिटी विजयी


काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानेचस्टर सिटी विजयी भएको छ । बुधबार राति भएको खेलमा सिटीले बर्नलेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु इथिहाड स्टेडियममा भएको खेलमा सिटीलाई जिताउन जुलियन अल्भारेजले २ गोल गर्दा रोड्रीले १ गोल थपेका थिए । अमेन अल दखिलले बर्नलेका लागि १ गोल फर्काए ।

त्यस्तै, १६औं मिनेटमा म्याथेस नुनेजको पासमा अल्भारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए । उनै अल्भारेजले केभिन डी ब्रुएनाको पासमा २२ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा २ गोलको अग्रता लिएको सिटीले दोस्रो हाफको सुरुमै (४६औ मिनेट) मा तेस्रो गोल गरेको थियो ।

रोड्रीले व्यक्तिगत पहिलो गोल गर्दा सिटी ३-० को सहज अवस्थामा अघि बढेको थियोभने। दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा अमेन अल दखिलले डेभिड फोफानाको पासमा गोल गर्दै अन्तर कम गरे पनि हार भने टरेन ।

सो जितसँगै सिटी ४६ अंकका साथ दोस्रो स्थानमा छ भने बर्नले पुछारबाट दोस्रो स्थानमा रहँदै रेलिगेशनको खतरामा परेको छ । प्रिमियर लिगकै अर्को खेलमा टोटनह्यामले ब्रेन्टफोर्डलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।

उक्त जितसँगै टोटनह्याम चौथो स्थानमा उक्लँदा ब्रेन्टफोर्ड १५ औं स्थानमा छ ।


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?