Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

सकियो ‘द वल्र्ड ह्यपियस्ट म्यान’ को छायाङ्कन


काठमाडौं। ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलद्वारा निर्देशित पहिलो हलिउड फिल्म ‘भूठान (द वल्र्ड ह्यापियस्ट म्यान)’को छायाङ्कन पुरा भएको छ ।

उक्त फिल्मको कथावस्तु भुटानदेखि भारत,नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र उनीहरुको जीवन यात्राको कथामा आधारित रहने निर्माण टिमले जनाएको छ। सो फिल्मलाई अंग्रेजीमा ‘वल्डस् ह्याप्पिस्ट म्यान’ भनिएको छ।

यो फिल्ममा नेपालबाट हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरेल, अदिति प्याकुरेल, कौशिला खनाल कर्माचार्य, भारतबाट अनुराधा मजुमदार तथा अमेरिकाबाट हलिउडका विश्वविख्यात अभिनेता बू्रश डनलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

फिल्ममा ‘साँघुरो’ फेम्ड निर्देशक जोयश पाण्डे र रंगकर्मी तथा निर्देशक विमल सुवेदीको पनि अभिनय गरेका छन् भने निर्देशक पौडेलका अनुसार पाँच वर्षदेखिको निरन्तर प्रयासपछि हलिउडकै अन्तर्राष्ट्रिय मान्यता र मापदण्डमा रहेर फिल्म बनाइएको बताए ।

‘यो नेपालको लागि पहिलो यूनियन (स्याग) फिल्म हुनेछ । यसमा बु्रश डन मात्र नभएर हलिउडकै प्रख्यात प्राविधिकहरु पनि जोडिएका छन्, जसले गर्दा प्राविधिक पक्ष अब्बल र यसको कथा पनि विश्वले आत्मसात गर्नेछ भने उक्त फिल्ममार्फत हामी विश्वबजारमा आफ्नो पहुँच बनाउने कुरामा विश्वस्त छौँ’, निर्देशक पौडेलले भने ।

त्यस्तै, म्याड मंकी फिल्मस्ले निर्माण गरेको फिल्ममा हलिउडकै भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सनले सहकार्य गरेका छन् भने यसका कार्यकारी निर्माताहरु कौशिला खनाल कर्माचार्य,एलएन अधिकारी, अपार श्रेष्ठ, रमेश भट्ट रहेका छन् भने निर्माताहरुमा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा रहेका छन् ।

उक्त फिल्म सन् २०२४ को अन्त्यसम्म दर्शकमाझ आउने निर्मातामध्येका एक अविरल थापाले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?