Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

लाइसेन्स परीक्षामा ७५ प्रतिशत बढी परीक्षार्थी अनुत्तीर्ण


काठमाडौं। नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको पीसीएल तहको लाइसेन्स परीक्षामा ७५.६६ प्रतिशत बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् । यही माघ १० देखि १४ गतेसम्म लिइएको परीक्षामा २४.३४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका हुन् ।

उक्त परिषद्का अनुसार, सबैभन्दा बढी डायलासिस टेक्नोलोजीमा ६६ प्रतिशत र सबैभन्दा कम डेन्टल हाइजिनमा १४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा नौ विषयका तीन हजार २७९ विद्यार्थी सहभागी थिए । उनीहरूमध्ये ७९८ जना उत्तीर्ण भएका परिषद्ले जनाएको छ ।

 

 

 


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?