Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष-२०२४ को घोषणा


चितवन। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष-२०२४ को घोषणा गरेकी छिन् ।

त्यसैगरी, होटल व्यवसायीसँग सोमबार भरतपुर भ्रमण वर्ष २०२४ को विषयमा आयोजना गरिएको छलफलमा मेयर दाहालले भरतपुरलाई पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न भ्रमण वर्ष आयोजना गरिएको बताइन् । ‘भरतपुरमा अहिले पनि पर्यटक आइरहनु भएको छ,’ उनले भनिन्, ‘भरतपुरलाई विश्वसामु चिनाउन उत्सवको रूपमा यो कार्यक्रम गर्न लागिएको हो । भरतपुर नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो भनी विश्वलाई सन्देश दिने कार्य हुँदै छ ।’

भरतपुर भ्रमण वर्षका लागि निर्माण भएका पर्यटकीय पूर्वाधारले भरतपुरवासीलाई प्रत्यक्ष, अप्रत्यक्ष लाभ पुग्ने प्रमुख दाहालको भनाइ थियो ।
भ्रमण वर्षका लागि भरतपुर ६ देव नगरमा निर्माण गरिएको ‘ओपन जु’ सन् २०२४ मा मात्र नभई सधैँका लागि प्रत्यक्ष रूपमा बाघ हेर्ने स्थल हुने उनको भनाइ छ । यसका लागि महानगरपालिकाले भ्रमण वर्षको एप, ब्रुसर, स्टिकर,बुकलेट, भिडियो सामाग्री, विभिन्न स्थानमा म्याप बोर्ड राख्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्व, संघ, संस्था, व्यवसायीलाई निम्तो बाँड्ने काम समेत गरिसकेको उनको भनाइ रहेको छ ।

ऐतिहासिक दियालो बंगला भ्रमण वर्षपछि पनि सधैँ खुला रहने भएकाले यो भरतपुरको उत्कृष्ट पर्यटकीय गन्तव्य हुन सक्ने प्रमुख दाहालले बताइन् । उक्त महानगरपालिकाको अथक मिहिनेतपछि यो दुई महत्त्वपूर्ण पर्यटकीय गन्तव्यहरू निर्माण र खुला गर्न सकिएको उनको भनाइ छ ।

भरतपुरमा जीप सफारी, जङ्गल सफारी, डुङ्गा सफारी, प्याराग्लाइडिङ, मौलाकालिका केबलकारजस्ता धेरै पर्यटकीय गतिविधि गर्न सकिने भएकाले भरतपुर नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्ने दिशामा अगाडि बढेको उनले बताएकी छन् ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?