काठमाडौं। काठमाडौं र नवलपरासी पश्चिमा दुई जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको नागर्जुन नगरपालिका-४ मिलनटोल डेरा गरी बस्ने बागलुङ गल्कोट नगरपालिका-११ घर भएका २५ वर्षीय दिनेश दर्जी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१४ पर्सावाल बस्ने ४१ वर्षीय प्रदिप चौधरी आफ्नै घरको बरन्डामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १५ माघ २०८०, सोमबार