Trending
>>   एमसीसी सम्झौताले मुलुकलाई विभाजित गर्यो : पूर्वप्रधानमन्त्री खनाल >>   ११ वटा निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने >>   पार्टी प्रति नकारात्मकता फैलाउनेहरुलाई छुट दिन सकिँदैन: अध्यक्ष नेपाल >>   राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ मा हुने >>   नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स प्रदर्शनी भदौ १३ देखि भृकुटीमण्डपमा हुने >>   मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे >>   ‘उखु किसानले वर्षेनी आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गरियोस्’ >>   शिक्षक महासंघले बुझायो राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र >>   २०८४ मा मेरो अवस्था कस्तो होला भन्ने मानसिकताबाट काँग्रेस मुक्त हुनुपर्छ : महामन्त्री थापा >>   चीनको स्वदेशी ‘हाइकिन’ ४,१४० मिटरको गहिराइमा पुग्यो
Logo
८ भाद्र २०८२, सोमबार
८ भाद्र २०८२, सोमबार

बलिउडः ‘फाइटर’ निर्देशक सिद्धार्थ भन्छन्, ‘फाइटर २ का केही राम्रा आइडिया छन्’


मुम्बई। ऋतिक रोशन र दीपिका पादुकोणको अभिनय रहेको फिल्म ‘फाइटर’ गत जनवरी २५ मा रिलिज भयो । उक्त फिल्मले दर्शकबाट राम्रै प्रतिक्रिया पाइरहेको छ ।

सो फिल्मले रिलिजको चार दिनमा सय करोडको आँकडा पार गरिसकेको छ भने दर्शकले फिल्मको सिक्वेलको माग उत्तिकै गरिरहेका छन् । फिल्मका निर्देशक सिद्धार्थ आनन्दले मनमा केही डर राख्दै सिक्वेलको संकेत दिएका छन् । ‘म यसको दोस्रो भाग बनाउन डराइरहेको छु । मैले हालसम्म कुनै फिल्मको सिक्वेल बनाएको छैन । किनकी म सिक्वेलबाट टाढिन चाहन्छु । अब दर्शकको मायाले के गर्न सकिन्छ भन्ने निश्चित गर्छ । यद्दपि फिल्म रिलिजको हाल चार दिन मात्र भएको छ । मसँग ‘फाइटर २’का लागि केही राम्रा आइडिया छन्, जसलाई म पेनडाउन गर्न चाहन्छु’, उनले भनेका छन् ।

उक्त फिल्ममा अनिल कपूर, करण सिंह ग्रोवरको पनि अभिनय छ । सिद्र्धार्थले ऋतिकको फिल्म ‘वार’ निर्देशन गरेका थिए । ‘वार’को सिक्वेलको तयारी भइरहेको छ । सिक्वेलमा सिद्धार्थको निर्देशन भने हुने छैन । अयान मुखर्जीले निर्देशन गर्ने सिक्वेलमा जुनियर एनटीआर, कियारा आडवाणी र ऋतिकको अभिनय रहनेछ ।

उनले तत्कालका लागि सिक्वेल बनाउन आफू उत्साहित नभएको खुलाएका छन् । ‘किनकी म नयाँ भूमिका र नयाँ कथामा फिल्म बनाउन चाहन्छु । सिक्वेल एक निश्चित मात्रामा कम्फर्ट जोन हुन्छ र एक निर्देशक पुरानो सम्झनामा भरोसा गर्न सुरु गर्छ । यसो गर्दा उसलाई डर पनि उत्तिकै हुन्छ । तर म त्यो जोनमा आउन चाहन्नँ’, सिद्धार्थले भनेका छन् । ‘फाइटर’ले पहिलो दिनमा भारतमा २२ करोडको कलेक्सन गरेको थियो । फिल्मले दोस्रो दिनमा ३९ दशमलव ५ करोड, तेस्रो दिनमा २७ दशमलव ५ करोड र चौथो दिनमा २८ दमलब ५० करोडको कमाई गरेको थियो । यसको कुल कलेक्सन १ सय १८ करोड रुपैयाँ भइसकेको छ ।

 


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?