Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

बलिउडः ‘फाइटर’ निर्देशक सिद्धार्थ भन्छन्, ‘फाइटर २ का केही राम्रा आइडिया छन्’


मुम्बई। ऋतिक रोशन र दीपिका पादुकोणको अभिनय रहेको फिल्म ‘फाइटर’ गत जनवरी २५ मा रिलिज भयो । उक्त फिल्मले दर्शकबाट राम्रै प्रतिक्रिया पाइरहेको छ ।

सो फिल्मले रिलिजको चार दिनमा सय करोडको आँकडा पार गरिसकेको छ भने दर्शकले फिल्मको सिक्वेलको माग उत्तिकै गरिरहेका छन् । फिल्मका निर्देशक सिद्धार्थ आनन्दले मनमा केही डर राख्दै सिक्वेलको संकेत दिएका छन् । ‘म यसको दोस्रो भाग बनाउन डराइरहेको छु । मैले हालसम्म कुनै फिल्मको सिक्वेल बनाएको छैन । किनकी म सिक्वेलबाट टाढिन चाहन्छु । अब दर्शकको मायाले के गर्न सकिन्छ भन्ने निश्चित गर्छ । यद्दपि फिल्म रिलिजको हाल चार दिन मात्र भएको छ । मसँग ‘फाइटर २’का लागि केही राम्रा आइडिया छन्, जसलाई म पेनडाउन गर्न चाहन्छु’, उनले भनेका छन् ।

उक्त फिल्ममा अनिल कपूर, करण सिंह ग्रोवरको पनि अभिनय छ । सिद्र्धार्थले ऋतिकको फिल्म ‘वार’ निर्देशन गरेका थिए । ‘वार’को सिक्वेलको तयारी भइरहेको छ । सिक्वेलमा सिद्धार्थको निर्देशन भने हुने छैन । अयान मुखर्जीले निर्देशन गर्ने सिक्वेलमा जुनियर एनटीआर, कियारा आडवाणी र ऋतिकको अभिनय रहनेछ ।

उनले तत्कालका लागि सिक्वेल बनाउन आफू उत्साहित नभएको खुलाएका छन् । ‘किनकी म नयाँ भूमिका र नयाँ कथामा फिल्म बनाउन चाहन्छु । सिक्वेल एक निश्चित मात्रामा कम्फर्ट जोन हुन्छ र एक निर्देशक पुरानो सम्झनामा भरोसा गर्न सुरु गर्छ । यसो गर्दा उसलाई डर पनि उत्तिकै हुन्छ । तर म त्यो जोनमा आउन चाहन्नँ’, सिद्धार्थले भनेका छन् । ‘फाइटर’ले पहिलो दिनमा भारतमा २२ करोडको कलेक्सन गरेको थियो । फिल्मले दोस्रो दिनमा ३९ दशमलव ५ करोड, तेस्रो दिनमा २७ दशमलव ५ करोड र चौथो दिनमा २८ दमलब ५० करोडको कमाई गरेको थियो । यसको कुल कलेक्सन १ सय १८ करोड रुपैयाँ भइसकेको छ ।

 


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?