Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

सीमामा गरिब जनतालाई अनावश्यक दुख नदिन सशस्त्र प्रहरीको ध्यानाकर्षण


काठमाडौं। मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले तराई-मधेशसँग जोडिएका नेपाल-भारत सिमामा देखा परेका विभिन्न समस्याहरू जस्तै लागुऔषध ओसारपसार, मानव तस्करी, चेलीबेटी बेचविखनजस्ता समस्याहरूलाई न्यूनीकरण गर्न सशस्त्र प्रहरीलाई अनुरोध गरेका छन्।

उक्त भेटघाटमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीले छिटै आयोगसँग सहकार्य गरी सीमासँग जोडिएका गाउँमा युवा सशक्तीकरणको लागि सीपमूलक तथा सचेतनामूलक कक्षाहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

अध्यक्ष डा. दत्तले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई कार्यालयमा बोलाएर सीमामा देखा परेका समस्याहरूसँग सम्बन्धित विभिन्न उजुरी आयोगमा आएको हुँदा त्यस्ता समस्याहरूको समाधानार्थ सशस्त्र प्रहरीको भूमिका आवश्यक रहेको बताएका हुन्।

उक्त भेटघाटमा अध्यक्ष डा. दत्तले गरिब जनताहरूले भारतबाट दैनिक गुजाराको लागि सामान ल्याउँदा पनि सशस्त्र प्रहरीले दुःख दिएको गुनासो आयोगमा आएको हुँदा जनतालाई अनावश्यक दुख नदिन पनि महानिरीक्षक अर्याललाई अनुरोध समेत गरेका छन्।

अध्यक्ष डा. दत्तले मानवअधिकारको संरक्षण सबैको साझा दायित्व रहेको समेत बताएका छन्। त्यस्तै, सशस्त्र प्रहरीमा मधेशी समुदायको पहुँच बढाउन समेत आयोग र सशस्त्र प्रहरी बीच समन्वयात्मक भूमिका आवश्यक रहेको उनको भनाइ रहेको छ।

 


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?