Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सीमामा गरिब जनतालाई अनावश्यक दुख नदिन सशस्त्र प्रहरीको ध्यानाकर्षण


काठमाडौं। मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले तराई-मधेशसँग जोडिएका नेपाल-भारत सिमामा देखा परेका विभिन्न समस्याहरू जस्तै लागुऔषध ओसारपसार, मानव तस्करी, चेलीबेटी बेचविखनजस्ता समस्याहरूलाई न्यूनीकरण गर्न सशस्त्र प्रहरीलाई अनुरोध गरेका छन्।

उक्त भेटघाटमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीले छिटै आयोगसँग सहकार्य गरी सीमासँग जोडिएका गाउँमा युवा सशक्तीकरणको लागि सीपमूलक तथा सचेतनामूलक कक्षाहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

अध्यक्ष डा. दत्तले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई कार्यालयमा बोलाएर सीमामा देखा परेका समस्याहरूसँग सम्बन्धित विभिन्न उजुरी आयोगमा आएको हुँदा त्यस्ता समस्याहरूको समाधानार्थ सशस्त्र प्रहरीको भूमिका आवश्यक रहेको बताएका हुन्।

उक्त भेटघाटमा अध्यक्ष डा. दत्तले गरिब जनताहरूले भारतबाट दैनिक गुजाराको लागि सामान ल्याउँदा पनि सशस्त्र प्रहरीले दुःख दिएको गुनासो आयोगमा आएको हुँदा जनतालाई अनावश्यक दुख नदिन पनि महानिरीक्षक अर्याललाई अनुरोध समेत गरेका छन्।

अध्यक्ष डा. दत्तले मानवअधिकारको संरक्षण सबैको साझा दायित्व रहेको समेत बताएका छन्। त्यस्तै, सशस्त्र प्रहरीमा मधेशी समुदायको पहुँच बढाउन समेत आयोग र सशस्त्र प्रहरी बीच समन्वयात्मक भूमिका आवश्यक रहेको उनको भनाइ रहेको छ।

 


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?