Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

वडाद्वारा विपन्न मजदुरको बिमा


जानकी,बाँके। नेपालगन्ज उपमहानगरपालिका-१ कार्यालयले आर्थिक अवस्था कमजोर भएका विपन्न मजदुरको बिमा गर्न सुरु गरेको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको रू एक लाखसम्मको बिमा गर्न सुरु गरेको हो ।

त्यस्तै, म्यादी लघुजीवनमा रू एक लाखसम्मको बिमा गर्न थालिएको वडाध्यक्ष प्रमोद रिजालले बताएका छन् । उनले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी बिमा अभियान नै सञ्चालन गरिएको जानकारी दिए ।

वडाध्यक्ष रिजालका अनुसार १८ वर्षदेखि ५५ वर्षका मानिस विपन्न नागरिकको बिमा गरिने छ । वडा सचिव भुविन्द्रप्रसाद कँडेल, इन्स्योरेन्स कम्पनी नेपालगन्जका प्रबन्धक लक्ष्मी विष्टको उपस्थितिमा वडाध्यक्ष रिजाल र इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक विमल खड्काले सम्झौता गरेका हुन् ।

त्यस्तै, वडाध्यक्ष रिजालले १८ वर्ष उमेर भएकाको हकमा रू दुई सय ७९ र ५५ वर्षको उमेर भएकाको रू एक हजार एक सय ३५ तिरेर बिमा गरिने जानकारी दिए । बिमाबापतको रकम वडा कार्यालयले दिने छ । “बिमा एक वर्षका लागि हुनेछ । अर्को वर्ष गर्न चाहेमा फेरि गर्नुपर्छ”, रिजालले भने । उनका अनुसार सवारी चालक, उद्योगमा काम गर्ने कामदार, डकर्मी, सिकर्मी, पेन्टिङ व्यवसायी, दैनिक मजदुरी गर्ने, कृषि मजदुरलगायत श्रम गरी खाने वडाभित्रका नागरिकको बिमा गर्न लागिएको हो ।

त्यसैगरी, रू एक लाखको जीवन बिमामा दुर्घटना भएर बिमितको मृत्यु भएमा निजका परिवारले रू दुई लाख र क्रिया खर्च रू २५ हजार उपलब्ध गराइने इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक खड्काले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?