Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

माछा मार्न गएका लिम्बुकाे पोखरीमा डुबेर मृत्यु


३० फागुन, झापा । झापाको भद्रपुर नगरपालिका–३ भैंसाबाडीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एकको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका–१ का ४० वर्षीय रामकुमार लिम्बूको पोखरीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार पोखरीमा माछा मार्ने क्रममा लिम्बु बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ स्थानीय र इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले पोखरीमा खोजतालास गर्दा लिम्बूलाई मृत अवस्थामा फेला पारेका थिए ।

मृत अवस्थामा फेला परेका लिम्बूको प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टमपश्चात् शव आफन्तलाई जिम्मा बुझाएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको रिजालले जानकारी दिए ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?