Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

साउदी अरबले गर्‍यो १० हजार आप्रवासी कामदारलाई देश निकाला


काठमाडौं। साउदी अरबले आवासीय, श्रम र सीमा कानुन उलंघन गर्ने १० हजार आप्रवासी कामदारलाई देशबाट निकाला (डिपोर्ट) गरेको छ । डिपोर्ट हुनेमा नेपाली कामदारको सङ्ख्या खुलाइएको छैन । सबैभन्दा बढी यमनी र इथोपियन नागरिक छन् ।

साउदीले अवैध (अलेखबद्ध) रूपमा बस्ने आप्रवासी धरपकड गरी देशनिकाला गर्ने कामलाई तीव्रता दिएको हो । पछिल्लो एक साता मात्रै १९ हजार जनालाई पक्राउ गरेको हो । जसमा ११ हजार ४ सय २७ जनाले आवासीय कानुन उल्लङ्घन गरेको छ भने चार हजार ६ सय ९७ जनाले सीमा सुरक्षा कानुन र तीन हजार एकसय ९७ जनाले श्रम कानुन उल्लङ्घन गरेका छन् ।

रियाद स्थित नेपाली दूतावासका अनुसार साउदी रोजगारदाताहरूले नेपाली कामदारको भिसा नवीकरण नगरिदिने, समयमा नपठाइदिने र बिना भिसा काममा लगाइदिने भएकोले कामदारहरू कानुनी परिबन्दमा पर्दै आएका छन् ।

त्यस्तै, साउदी अरबको आन्तरिक मन्त्रालयद्वारा जारी सूचना अनुसार जनवरीसम्म ५५ हजार ७ सय ५६ जनालाई पक्राउ गरिसकेको छ भने ४३ हजार जनालाई निष्कासन गर्नको लागि सम्बन्धित देशको दूतावासलाई ट्राभल डकुमेन्ट जारी गर्न पत्राचार गरिएको जनाएको छ ।


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?