Trending
>>   ‘गर्न मन छ कुरा पियारी’ सार्वजनिक >>   ‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’ >>   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण >>   मुग्लिङ-नारायणगढ सडकमा माईक्रो बस दुर्घटना >>   कालीगण्डकी करिडोरले जोड्यो लुम्बिनी र मुक्तिनाथ >>   पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार >>   भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा >>   यी दुइ प्रदेशमा हल्का बर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल मङ्सिर ०९ गते आइतबार,हेर्नुहोस आजको राशिफल >>   चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउन सुरु


बुटवल। बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउन सुरु गरिएको छ। बुटवल उपमहानगरपालिकाभित्र सडकमा कुकुरहरूको सङ्ख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो।

बुटवल उपमहानगरपालिकाको आयोजनामा वडा नं १५ नवरत्न मावि नजिकैको भवनमा ३ दिने अभियान सुरु भएको हो। उक्त अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरूको बन्ध्याकरणले कुकुरको सङ्ख्या वृद्धि रोकिने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र मणि खनालले बताएका छन् । उनले कुकुर पाल्नेहरूले सार्वजनिक स्थलमा दिसा पिसाब गराउनेलाई कारबाही गर्ने जानकारी दिए।

पशुपक्षी विकास शाखाका प्रमुख झविन्द्र बन्जाडेले ३ दिनसम्म चल्ने कार्यक्रममा बुटवलका सबै वडाहरूबाट कुकुर सङ्कलन गरी तीनको बन्ध्याकरण गरिने बताए। यस पटक वडा नम्बर १५ मा सुरु भएको अभियानमा बुटवलका सबै क्षेत्रका कुकुरहरू लगेर बन्ध्याकरण गर्ने उनले बताएका छन्।

हरेक वर्ष बुटवल उपमहानगरपालिकाले सामुदायिक कुकुरहरूको सङ्ख्या वृद्धि हुन नदिन बन्ध्याकरण र रेबिज रोग फैलिन नदिन रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ।

त्यस्तै, बुटवलमा सबैतिरबाट सहज पहुँच भएकाले बुटवलमा छाडा चौपाया र कुकुरहरूको सङ्ख्या बढ्दै गएकाले यसलाई रोक्नका लागि तयारी थालिएको उनले बताए। सो कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष शिव रानाले बुटवलका १९ वटै वडाका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिने बताए। बन्ध्याकरणपछि बुटवलमा सामुदायिक कुकुरहरूको सङ्ख्या वृद्धि रोकिने उनले बताएका छन्।

 


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?