Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

त्रिवि शिक्षक नियुक्ति सिफारिस सम्बन्धी संशोधित कार्यविधि कार्यान्वयनमा ल्याउन ध्यानाकर्षण


काठमाडौं। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले त्रिवि शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी संशोधित कार्यविधि कार्यान्वयनमा नआई पुन संशोधन गर्न लागेको भन्दै आपत्ति जनाएको छ ।

त्रिवि कार्यकारी परिषदबाट शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी विनिमय, २०७५ मा मिति २०८० असोज २१ गते संशोधन भई कार्यान्वयनका लागि त्रिवि सेवा आयोगमा पठाइएकोमा संशोधित विनियम कार्यान्वयनमा नआदै पुनः संशोधन गर्न लागिएको भन्दै अरास्ववियु त्रिवि जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार कमिटीले निमित्त उपकुलपति डा. शिवलाल भुसाललाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो । ‘त्रिवि शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी विनियम, २०७५  (संशोधन २०८० असोज २१ गते) को विनियम २१ को उपविनियम (६) को खण्ड (क) मा व्यवस्थाले लोकसेवाको संलग्नता र समन्वयले त्रिवि सेवा आयोगले लिने गरेको परीक्षाको पश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनले परीक्षाको निष्पक्षता र विश्वसनीयता बढाइ योग्य तथा सक्षम व्यक्ति त्रिवि सेवामा प्रवेश पाउने कुरा विश्वविद्यालयको हितमा रहेको देखिदा देखिँदै पनि उक्त विनिमय संशोधन गर्न समिति निर्माण गर्न लागिएको भन्ने कुराले विश्वविद्यालयको प्राज्ञिक क्षेत्र नभई आफू निकटतम व्यक्तिहरूको भर्तीकेन्द्र बनाउन उद्धत रहेको देखिन्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

विश्वविद्यालयका प्राध्यापकको नियुक्ति र बढुवाका लागि आवश्यक अनुसन्धान तथा कृतिलाई मुख्य आधार बनाइ प्राध्यापक तथा सह प्राध्यापकको आन्तरिक बढुवा गरिनुपर्ने भएतापनि संशोधन भएको कार्यविधिलाई एक पटक पनि कार्यान्वयनमा नल्याई उक्त संशोधित विषयवस्तु हटाउन विश्वविद्यालयका पदाधिकारीहरूको गलत मनसाय रहेको विषय प्रष्ट देखिएको कमिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?