Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसमा मुटु परीक्षण


काठमाडौं। पहिलो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका सन्दर्भमा नवीकरणीय ऊर्जा परिसङ्घ नेपालले यहाँ मुटु जाँचसम्बन्धी बृहत् शिविर तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ‘आरई सेक्टर हेल्थ चेकअप एन्ड अर्वानेस प्रोग्राम’अन्तर्गत परिसङ्घले नेसनल कार्डियाक सेन्टरसँगको सहकार्यमा सो कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा। ओममूर्ति अनिल र उनकोे टिमबाट झण्डै सय जनाको मुटु जाँँच गरिएको थियो । डा. अनिलले मुटुरोगको जोखिम, यसको न्यूनीकरणका निम्ति अपनाउनुपर्ने सावधानीका विषयमा सहभागीहरूलाई उच्च रक्तचापलाई हेल्चेक्राई गर्ने, नियमित औषधि सेवनलाई अनावश्यक बोझका रूपमा लिने र स्वास्थ्यकर्मीसँग परामर्श लिनुको साटो वैकल्पिक उपाय अपनाउने प्रवृत्ति त्याग्न आग्रह समेत गरेका छन्।

त्यस्तै, अव्यवस्थित जीवनशैली, अस्वस्थकर खानपान, शारीरिक गतिविधिमा निस्कृष्यता, प्रदूषित वातावरण, तनाव, स्वास्थ्य चेतनामा कम चासोलगायतका कारणले नेपालमा मुटुरोगको जोखिम बढ्दै गएको जानकारी दिँदै त्यसतर्फ सचेतना अपनाउन सुझाव दिए । उनले पछिल्लो समय युवाहरुमा मुटुरोगको जोखिम बढ्दै गएकाले समयमै नियमित स्वास्थ्य जाँच र जीवनशैलीमा सुधार ल्याउनुपर्नेमा जोड दिएका छन् । त्यस्तै, डा. अनिलले स्वच्छ ऊर्जाको प्रयोग बढाउन सकिएमा स्वास्थ्य जोखिम कम गर्न सकिने भएकाले नवीकरणीय ऊर्जा उद्यमीहरूलाई समेत यसतर्फ ध्यान दिन आग्रह गरे ।

उक्त कार्यक्रममा परिसङ्घका अध्यक्ष गुणराज ढकालले मुटुरोगको जोखिम घटाउन स्वच्छ ऊर्जाको पनि भूमिका रहेको हुँदा पहिलो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका सन्दर्भमा मुटु जाँचका कार्यक्रम राखिएको जानकारी दिए । सो अवसरमा नवीकरणीय ऊर्जा क्षेत्रका व्यावसायिक सङ्गठनहरू नेपाल सौर्य विद्युत् उत्पादक सङ्घ, नेपाल लघु जलविद्युत् विकास संस्था, नेपाल बायोग्यास प्रवर्द्धन सङ्घ, जल तथा ऊर्जा परामर्शदाता सङ्घनेपाल, ग्रामीण प्रविधि उत्पादक सङ्घ नेपाल, नेपाल सौर्य ताप ऊर्जा सङ्घ, जैविक ऊर्जा व्यवसायी सङ्घनेपाल र वायोग्यास सेक्टर पार्टनसिप नेपाललगायतका सङ्घसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?