Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

शुक्लाफाँटामा दश शय्याको नगर अस्पताल


कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-४ असैनामा १० शय्याको नगर अस्पताल भवन निर्माण थालिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको पाँच करोड ४७ लाख २९ हजार आठ सय ४७ (मूल्य अभिवृद्धिकरबाहेक) मा ठेक्का प्रक्रियामार्फत निर्माण भइरहेको छ ।

उक्त अस्पताल निर्माणका लागि एमके विल्डर्स र निरज कन्स्ट्रक्सनसँग अस्पताल भवन निर्माणका लागि सम्झौता गरिएको छ । सम्झौताअनुसार अस्पताल भवनको तीन ब्लकमा निर्माण कार्य भइरहेको छ भने पहिलो र दोस्रो ब्लकमा छत राख्ने कार्यसँगै चिनाइ, प्लाष्टरलगायतको कार्य पूरा भएको छ । त्यस्तै, तेस्रो ब्लकमा छत राख्नका लागि सटरिङको कार्य भइरहेको नगरपालिकाका इन्जिनियर दीपक धामीले बताएका छन् ।

त्यसैगरी, इन्जिनियर धामीका अनुसार तीन वर्षअघिदेखि निर्माण अगाडि बढाइएको अस्पतालको हालसम्म ५५ प्रतिशत निर्माण पूरा भएको छ । “निर्माण व्यवसायीलाई कार्यप्रगतिका आधारमा हालसम्म रु दुई करोड ५० लाख रकम भुक्तानी गरेका छौँ”, इन्जिनियर धामीले भने, “असार मसान्तसम्म निर्माण पूरा गर्ने गरी म्याद थप गरिएको छ ।”

निर्धारित समयभित्रै अस्पताल भवन निर्माण कार्य पूरा गराउनका लागि कार्य भइरहेको उनको भनाइ रहेको छ । अस्पताल भवन मन्त्रालयको मापदण्डअनुरुप निर्माण भइरहेको उनको दाबी छ भने सो भवनमा मुख्य द्वार, गार्डपोष्ट, शव गृह, दश शय्याको प्राथमिक अस्पताल वार्ड, बिरामी जाँच्ने कोठा, कार्यालय कक्ष, सभाकक्ष, शौचालय, स्नानघर, बिरामी उपचार कक्ष, शल्यक्रिया कक्षलगायत निर्माण हुने उनले जानकारी दिए।

त्यसैगरी भवनसँगै ‘वाउड्री वाल, एम्बुलेन्स पार्किङ’स्थल, स्वास्थ्यकर्मी आवास, भूमिकगत पानीटयाङ्की, फोहर पानी प्रशोधन गर्ने ठाउँ, पार्क, पहुँचमार्गलगायत निर्माण गरिनेछन् । भवन पूर्णरूपमा भूकम्पप्रतिरोधी हुने इन्जिनियर धामीले बताएका छन्। उक्त अस्पताल निर्माण पूरा भएपछि यस क्षेत्रका बासिन्दाले उपचारका लागि टाढाको महेन्द्रनगर, धनगढी तथा भारतीय सहर पुग्नुपर्ने अवस्थाको अन्त्य हुने वडाध्यक्ष कमल ठकुल्लाले बताए ।

सो अस्पतालमा सामान्य प्राथमिक उपचारदेखि शल्यक्रिया सेवासमेत उपलब्ध हुने भएकाले नगर क्षेत्रका बासिन्दाले सहजरूपमा सेवा पाउने उनले उल्लेख समेत गरेका छन् ।


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?