Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

काठमाडौंमा आज यो वर्षकै बढी चिसो


काठमाडौं। काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । त्यस्तै, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ।

हिजो न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको थियो भने अधिकतम तापक्रम १७ डिग्री सेल्सियस थियो। अधिकतम तापक्रम पनि १६.५ डिग्री सेल्सियस पुग्ने महाशाखाको पूर्वानुमान छ ।

त्यस्तै, न्यूनतम र अधिकतम तापक्रम दुवै कम हुँदै जाँदा काठमाडौंमा चिसो दिनहुँ बढेको महसुस गरिएको छ भने आज सबैभन्दा कम तापक्रम जुम्लामा छ।

उक्त महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १३.६ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान रहेको छ।


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?