Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

बाघको आक्रमणमा परेका तेमालका दर्जी डिस्चार्ज


काभ्रेपलान्चोक । तेमाल गाँउपालिका ४ बोल्दे फेदिचेमा बाघको आक्रमणबाट घाइते भएका बाबुराम दर्जीको डिस्चार्ज भएका छन् । स्थानीय भक्त लामाका अनुसार धुलिखेल अस्पत्तालमा उपचाररत उनको अबश्थामा सुधार भएसँगै शुक्रबार डिस्चार्ज गरिएकाे हाे ।

दर्जीलाई १ माघमा जंगल गएको अबश्थामा बाघले आक्रमण गरेको हो । अचेत अबश्थामा अस्पत्ताल पुगेका उनी केही दिनमा होसमा आएका थिए ।उनको अनुहार,हात खुट्टामा र टाउकोमा गम्भिर चोट लागेको छ । आक्रमणबाट दर्जी सख्त घाईते बनेका थिए । उनलाइ करिव डेढ किलोमिटर जङ्‌गलमा घिसारेर लगेको अवस्थामा भेटिएको थियो ।

उनलाइ प्रहरी र स्थानीयको पहलमा उद्धार गरी धुलिखेल अस्पत्तालमा ल्याएको छ । उनी विहान ७ बजे घाँस काट्न जंगल गएका थिए । तर,लामो समयसम्म घर नफर्केपछि दिँउसो १२ बजे उनको खोजी भएको थियो । मोबाइलको आधारमा घटनास्थल पहिचान भएको थियो। कमजोर आर्थिक अबश्थाका कारण परिवारले उनको उपचारका लागि अपिल गरेको थियाे ।


प्रकाशित मिति: १३ माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?