Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बाघको आक्रमणमा परेका तेमालका दर्जी डिस्चार्ज


काभ्रेपलान्चोक । तेमाल गाँउपालिका ४ बोल्दे फेदिचेमा बाघको आक्रमणबाट घाइते भएका बाबुराम दर्जीको डिस्चार्ज भएका छन् । स्थानीय भक्त लामाका अनुसार धुलिखेल अस्पत्तालमा उपचाररत उनको अबश्थामा सुधार भएसँगै शुक्रबार डिस्चार्ज गरिएकाे हाे ।

दर्जीलाई १ माघमा जंगल गएको अबश्थामा बाघले आक्रमण गरेको हो । अचेत अबश्थामा अस्पत्ताल पुगेका उनी केही दिनमा होसमा आएका थिए ।उनको अनुहार,हात खुट्टामा र टाउकोमा गम्भिर चोट लागेको छ । आक्रमणबाट दर्जी सख्त घाईते बनेका थिए । उनलाइ करिव डेढ किलोमिटर जङ्‌गलमा घिसारेर लगेको अवस्थामा भेटिएको थियो ।

उनलाइ प्रहरी र स्थानीयको पहलमा उद्धार गरी धुलिखेल अस्पत्तालमा ल्याएको छ । उनी विहान ७ बजे घाँस काट्न जंगल गएका थिए । तर,लामो समयसम्म घर नफर्केपछि दिँउसो १२ बजे उनको खोजी भएको थियो । मोबाइलको आधारमा घटनास्थल पहिचान भएको थियो। कमजोर आर्थिक अबश्थाका कारण परिवारले उनको उपचारका लागि अपिल गरेको थियाे ।


प्रकाशित मिति: १३ माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?