Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

नेकका विद्यार्थीहरुले पाए अन्तराष्ट्रियस्तरको पीएलसी र स्काडाको तालिम


काठमाडाैं । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई समय अनुसार पाठ्यक्रम र सीपको विकास गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरको तालिम दिएकाे छ । कलेजकाे इलेक्ट्रिकल एण्ड इलेक्ट्राेनिक्स तथा इलेक्ट्राेनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विभागकाे अन्तिम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरको पीएलसी र स्काडाको एक महिने तालिम दिइएकाे हाे ।

दक्ष जनशक्ति उत्पादन हुन इन्डष्ट्रि र एकेडेमियाको उत्तिकै भूमिका रहेको हुँदा पाठ्यक्रममा समावेस नभए पनि समयको माग र बजारलाई हेरेर नन-क्रेडिट कोर्षको रुपमा तालिम अगाडी बढाइएको कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गा प्रसाद भण्डारीले बताए । विद्यार्थीहरूलाई विषयगत ज्ञानमा अझ पाेख्त बनाउनका लागि कलेजले तालिम चलाएकाे उनकाे भनाई छ ।

नेपालमै पहिलो पटक कलेज स्तरमा यति लामो तालिम दिन पाउँदा आफुहरु खुशी रहेको कलेजकाे इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विभागका विभागीय प्रमुख अमित साह र यम कृष्ण पौडेलले बताए । अटोमेसन क्षेत्रमा बढी जनशक्तिकाे माग रहेकाे र यो कोर्षले विद्यार्थीहरुलाई सीप सँग जोड्ने हुँदा जागिर प्राप्तिका लागि थप सहयोग पुग्ने उनीहरुको भनाई छ ।

अटाेमेसनकाे दुनियाँमा पीएलसीकाे भूमिका अत्यन्त महत्वपूर्ण भएकाे भन्दै विद्यार्थीहरूले तालिममा सिकेका कुराहरू व्यवहारिक रूपमा प्रयाेग गर्ने बताए । कलेज स्तरमै यस्ता सीपयुक्त तालिमहरू पाउँदा अध्ययन पश्चात व्यवसायिक क्षेत्रमा अगाडी बढ्न धेरै सहयाेग पुग्ने उनीहरूकाे विस्वास छ ।

कलेजका करिब ५० जना विद्यार्थीहरुले १ महिनासम्म तालिममा उत्साहजनक रूपमा सहभागिता जनाएका थिए । जापान, इन्डियाको मित्सुबिशी कम्पनी र नेपालको फ्याक्ट्री सोलुसनसँगको सहकार्यमा तालिम सञ्चालन गरिएको थियो ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा पाेखरा विश्विवद्यालयबाट सम्बन्धन प्राप्त शिक्षा मन्त्रालयद्वारा गठित नेपाल इन्जिनियरिङ कलेज सञ्चालन समिति मार्फत सञ्चालित कलेजले विद्यार्थीहरूलाई समयसमयमा विषयगतरूपमा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाहरूसँगकाे सहकार्यमा तालिम र अनुसन्धानहरू गर्दै आइरहेकाे छ ।


प्रकाशित मिति: १३ माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?