Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

महानगरपालिका क्षेत्रमा कटन क्यान्डी बेच्न निषेध !


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कटन क्यान्डी (मिठाइ) विक्री गर्न निषेध गरेको छ । बालबालिका लक्षित यसको नमूना परीक्षणमा ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग भेटिएपछि यसले बाल स्वास्थ्यमा पार्ने असर रोक्न सार्वजनिक सूचना प्रकाशन गरेर मिठाइ उत्पादन तथा विक्रीमा रोक लगाइएको हो ।

सूचनामा भनिएको छ, ‘‘आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पु¥याउने यस्ता अखाद्य रङ्गयुक्त वस्तु प्रयोग तथा बिक्री वितरण नगर्न नगराउन अनुरोध छ । यदि काठमाडौँ महानगरपालिका क्षेत्रभित्र अखाद्य वस्तु उत्पादन, बिक्री वितरण गरेको पाइएमा ‘काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ को दफा ३० बमोजिम ५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने समेत जानकारी गराइन्छ ।’’


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?