Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

महानगरपालिका क्षेत्रमा कटन क्यान्डी बेच्न निषेध !


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कटन क्यान्डी (मिठाइ) विक्री गर्न निषेध गरेको छ । बालबालिका लक्षित यसको नमूना परीक्षणमा ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग भेटिएपछि यसले बाल स्वास्थ्यमा पार्ने असर रोक्न सार्वजनिक सूचना प्रकाशन गरेर मिठाइ उत्पादन तथा विक्रीमा रोक लगाइएको हो ।

सूचनामा भनिएको छ, ‘‘आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पु¥याउने यस्ता अखाद्य रङ्गयुक्त वस्तु प्रयोग तथा बिक्री वितरण नगर्न नगराउन अनुरोध छ । यदि काठमाडौँ महानगरपालिका क्षेत्रभित्र अखाद्य वस्तु उत्पादन, बिक्री वितरण गरेको पाइएमा ‘काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ को दफा ३० बमोजिम ५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने समेत जानकारी गराइन्छ ।’’


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?