Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

बागमतीमा चिउरी र चमेरो संरक्षण कार्यक्रम


मनहरी। बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशमा बसोबास गर्ने चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
बिहीबार साँझ बसेको बैठकले चेपाङ समुदायको उत्थानका लागि उक्त कार्यक्रम सञ्चालनसम्बन्धी  निर्देशिका २०८० समेत स्वीकृत गरेको हो । त्यसैगरी, समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०’ र ‘बागमती प्रदेशस्तरीय ज्येष्ठ नागरिक नीति, २०८०’ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
उक्त बैठकले ‘शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८०’ स्वीकृत गर्ने र सञ्चार रजिस्ट्रारको कार्यालयका लागि भवन उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्नेलगायत निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?