Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

चिसोबाट बच्न मुढा वितरण


कञ्चनपुरमा शीतलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरूले चोक–चोकमा मुढा उपलब्ध गराएका छन् । सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र मुढाको व्यवस्था गराएका हुन् ।

चिसोबाट सबैभन्दा बढी विपन्न परिवार, बालबालिका र ज्येष्ठ नागरिकलाई असर परेको छ । चिसोबाट जोगाउन बजार क्षेत्रका चोक–चोकमा दाउरा र मुढाको व्यवस्था गरी आगो ताप्ने व्यवस्था मिलाइएको शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष शेरबहादुर साउदले बताउनुभयो । निकुञ्ज कार्यालयसँग समन्वय गरी दुई टिपर दाउर र मुढा वितरण गरिएको उहाँको भनाइ थियो । ग्रामीण क्षेत्रमा सामुदायिक वनको सहयोगमा कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाले पनि मुढा उपलब्ध गराई आगो ताप्ने व्यवस्था गराएका छन् । कृष्णपुरका व्यवसायी हरेन्द्र बोहराले चिसोबाट कोही पनि समस्यामा नपरुन् भनेर निःशुल्क ग्रामीण क्षेत्र र बजार क्षेत्रमा दाउरा वितरण गर्नुभएको छ । “जनताको जीउधनको सुरक्षा गर्ने कार्य जनप्रतिनिधिको दायित्वभित्र पर्दछ”, शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले भन्नुभयो, चिसोबाट सर्वसाधारणलाई जोगाउनका लागि दाउरा र मुढा बाल्ने व्यवस्था गराएका हौँ ।”

बेदकोट नगरपालिका–९ का वडाध्यक्ष जनकबहादुर विष्टले आवश्यकता भएका ठाउँमा मागअनुसार आगो ताप्न बुढा वितरण गरिएको बताउनुभयो । यहाँ बिहानीको समयमा बाक्लो हुस्सु लाग्ने र दिउँसो शीतलहर चल्ने गरेको छ । चिसो बढेकै कारण जिल्लाका केही स्थानीय तहले एक साताका लागि विद्यालय बन्दसमेत गरेका छन् ।


प्रकाशित मिति: २० पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?