Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

मनाइयो भारतको ७५औँ गणतन्त्र दिवस


भारत । भारतको ७५औँ गणतन्त्र दिवस मनाइएको छ। भारतीय राजदूतावासले शुक्रबार दूतावासपरिसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले लैनचौरमा आयोजित समारोहमा भारतको राष्ट्रिय झन्डाेत्तोलन गरेर गणतन्त्र दिवसको सुरुवात गरेका छन्। उनले नेपालमा रहेका प्रवासी भारतीयलाई पनि सम्बोधन गरे।

राजदूतावासपरिसरमा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो। राष्ट्रपति मुर्मूले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवसयता विभिन्न क्षेत्रमा भारतले हासिल गरेको उपलब्धिको चर्चा गरेकी छिन्। उनले भारतको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न जी–२० शिखर सम्मेलन र चन्द्रयान–३ मिसनबारे चर्चा गरेको भारतीय राजदूतावासले जनाएको छ।


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?