Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सिटिईभिटिमा नेपाल राष्ट्रिय कर्मचारी संगठनकाे धर्ना


काठमाडाैं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सिटिईभिटि सानाेठिमीमा नेपाल राष्ट्रिय कर्मचारी संगठनले पदपूर्ति लगायत विविध मागहरू राखि धर्नामा बसेकाे छ । गत पुस ०८ गते पाेखरा प्राविधिक शिक्षालय, पाेखरामा बसेकाे नेपाल राष्ट्रिय कर्मचारी संगठनकाे केन्द्रीय समितिकाे चाैथाे पूर्ण बैठककाे निर्णय अनुसारका चार बुँदे मागपत्र पेश गरेकाेमा व्यवस्थापनले वेवास्ता गरेकाेले साे बुँदामा नर्सिङ कार्यक्रम सम्बन्धि थप एक माग राखि आजदेखि धर्नामा बसेकाे हाे ।

परिषद्काे मुख्य प्राङ्गणमा मागहरू उल्लेखित ब्यानर सहित संगठनकाे संघर्षकाे अर्काे स्वरूप सम्बन्धि निर्णय नभएसम्मकाे लागि अध्यक्ष, एक जना उपाध्यक्ष र महासचिव गरि तीन जना कार्यालय समयभरि धर्नामा बसेकाे संगठनका अध्यक्ष तेज खत्रीले बताए । अध्यक्ष खत्रीले अन्य सम्पूर्ण कर्मचारीहरूलाई यी मागहरूमा ऐक्यवद्धताका लागि समेत आव्हान गरेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनसँग विभिन्न मितिमा व्यवस्थापन समितिले गरेका निर्णय तथा उच्च अदालत, पाटनबाट मिति २०८०/ ०५/२७ गते जारी भएकाे आदेश अनुसार माघ १० गते भित्रमा पदपूर्ति गर्नुपर्ने माग पुरा नभएपछि आन्दाेलनका कार्यक्रम ल्याएकाे संगठनका उपाध्यक्ष कमल ढकालले बताए ।

याे सँगै जिम्मेवारी हेरफेर, सेवा करार तथा ज्यालादारी कर्मचारीकाे महँगी भत्ता उपलब्ध गराउनुपर्ने, प्रधानमन्त्रीद्वारा घाेषणा गरेकाे सामाजिक सुरक्षाकाे व्यवस्था हुनुपर्ने तथा आगामी शैक्षिक सत्रबाट सञ्चालन गर्नेगरि परिषद् अन्तर्गतका सम्भाव्य आंगिक शिक्षालयहरूमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन गर्न आवश्यक प्रक्रिया शुरू गर्नुपर्ने लगायतका मागहरू राखेकाे उपाध्यक्ष ढकालले बताए ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?