Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

सिटिईभिटिमा नेपाल राष्ट्रिय कर्मचारी संगठनकाे धर्ना


काठमाडाैं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सिटिईभिटि सानाेठिमीमा नेपाल राष्ट्रिय कर्मचारी संगठनले पदपूर्ति लगायत विविध मागहरू राखि धर्नामा बसेकाे छ । गत पुस ०८ गते पाेखरा प्राविधिक शिक्षालय, पाेखरामा बसेकाे नेपाल राष्ट्रिय कर्मचारी संगठनकाे केन्द्रीय समितिकाे चाैथाे पूर्ण बैठककाे निर्णय अनुसारका चार बुँदे मागपत्र पेश गरेकाेमा व्यवस्थापनले वेवास्ता गरेकाेले साे बुँदामा नर्सिङ कार्यक्रम सम्बन्धि थप एक माग राखि आजदेखि धर्नामा बसेकाे हाे ।

परिषद्काे मुख्य प्राङ्गणमा मागहरू उल्लेखित ब्यानर सहित संगठनकाे संघर्षकाे अर्काे स्वरूप सम्बन्धि निर्णय नभएसम्मकाे लागि अध्यक्ष, एक जना उपाध्यक्ष र महासचिव गरि तीन जना कार्यालय समयभरि धर्नामा बसेकाे संगठनका अध्यक्ष तेज खत्रीले बताए । अध्यक्ष खत्रीले अन्य सम्पूर्ण कर्मचारीहरूलाई यी मागहरूमा ऐक्यवद्धताका लागि समेत आव्हान गरेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनसँग विभिन्न मितिमा व्यवस्थापन समितिले गरेका निर्णय तथा उच्च अदालत, पाटनबाट मिति २०८०/ ०५/२७ गते जारी भएकाे आदेश अनुसार माघ १० गते भित्रमा पदपूर्ति गर्नुपर्ने माग पुरा नभएपछि आन्दाेलनका कार्यक्रम ल्याएकाे संगठनका उपाध्यक्ष कमल ढकालले बताए ।

याे सँगै जिम्मेवारी हेरफेर, सेवा करार तथा ज्यालादारी कर्मचारीकाे महँगी भत्ता उपलब्ध गराउनुपर्ने, प्रधानमन्त्रीद्वारा घाेषणा गरेकाे सामाजिक सुरक्षाकाे व्यवस्था हुनुपर्ने तथा आगामी शैक्षिक सत्रबाट सञ्चालन गर्नेगरि परिषद् अन्तर्गतका सम्भाव्य आंगिक शिक्षालयहरूमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन गर्न आवश्यक प्रक्रिया शुरू गर्नुपर्ने लगायतका मागहरू राखेकाे उपाध्यक्ष ढकालले बताए ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?