Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

विद्युत् खपत बढाउन ऊर्जामन्त्रीको जोड


पाटन। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् खपत बढाउनुपर्नेमा जोड दिएका छन् ।

विद्युतीय चुलो राष्ट्रिय अभियानको पाँचौँ वार्षिक उत्सवको अवसरमा ‘बढाऔँ विद्युतीय चुल्होको प्रयोग, पुर्‍याऔँ स्वास्थ्य सुधारमा सहयोग’ भन्ने सन्देशसहित विद्युतीय चुलोसम्बन्धी आज ललितपुरमा आयोजित छलफलमा मन्त्री बस्नेतले आर्थिक, सामाजिक र वातावरणीय दृष्टिले विद्युतीय चुलो हरेक नेपालीका लागि उपयोगी छ भने । देशको समृद्धिको आधार जलविद्युत् भएकाले अधिकभन्दा अधिक ऊर्जा उत्पादनलाई सरकारले जोड दिएको बताए ।

ऊर्जामन्त्रीले राष्ट्रिय चुलो अभियानलाई सफल बनाउन निजी क्षेत्रलाई पनि अनुदान र सहुलियत दिएर सहभागी गराउनुपर्ने बताएका छन् । उनले जलवायु परिवर्तनका असर र त्यसबाट कृषि क्षेत्रमा परेको प्रभावबारे सबै पक्ष गम्भिर हुनुपर्छ भने । त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आगामी आर्थिक वर्षदेखि सुरुहुने १६औँ आवधिक आयोजनामा विद्युतीय चुलोको प्रयोग बढाउँदै एलपी ग्यासको आयात प्रतिस्थापन गर्नेतर्फ सरकारको ध्यान केन्द्रित हुने बताए ।

सामुदायिक विद्युत् राष्ट्रिय उपभोक्ता महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले २०७५ माघ ११ गते सुभारम्भ भएको यो अभियानलाई सफल र सार्थक बनाउन विभिन्न सङ्घसंस्थासँग मिलेर आफूहरुले काम गरिरहेको बताएका छन् ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?