काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारले आज पद बहाली गर्नुभएको छ । माघ ३ गतेको मन्त्री परिषदको निर्णय अनुसार उहाँ राष्ट्रिय योजना आयोगबाट सरुवा भएर काठमाडौँ महानगरपालिका आउनुभएको हो ।
यही निर्णयबाट निवर्तमान प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी मधेशी आयोगमा सरुवा भएर जानुभएको छ ।
प्रकाशित मिति: १० माघ २०८०, बुधबार