Trending
>>   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रुटबिच ‘विश्वव्यापी सुरक्षा’बारे छलफल >>   प्रहरी महानिरीक्षक कुँवरबाट नवनिर्मित भवन उद्‌घाटन >>   डब्लुुएमएसी वेल्स खेल्दै सन्जित >>   २८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस >>   धरहरा चढ्न दुई सय रुपियाँ शुल्क >>   गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु >>   कोशी प्रदेशका मुख्यमन्त्रीको घर अगाडि शंकास्पद वस्तु फेला >>   प्रधानमन्त्री केपी ओलीका बुबा अस्पताल भर्ना >>   १८९ किलो गाँजा सहित सिन्धुलीमा एक जना पक्राउ >>   चार प्रदेशमा हल्का बर्षाको सम्भावना ,हिमाली भेगमा हिमपात हुने
Logo
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

तथ्यमा आधारित विकास र समाज निर्माणका लागि महानगरकाे अनुसन्धान शोधवृत्ति


काठमाडाैं । आज (एक्काइसौँ शताब्दी) को विकास पद्धति र सामाजिक व्यवस्था ज्ञानमा आधारित हुनुपर्छ । यसप्रकारको ज्ञान शोधमूलक कार्य (अनुसन्धान) बाट प्राप्त हुन्छ । विकास निर्माण र विकास व्यवस्थापन तथ्यमा आधारित बनाउन हाम्रो प्रयास जारी छ । हामी चाहन्छौँ, ज्ञानको खोजी र अनुसन्धानको महत्व अझै बढोस् । यसका लागि काठमाडौँ महानगरपालिकाले हरेक वर्ष ‘महानगर रिसर्च फेलोसिप’ कार्यक्रमबाट अनुसन्धानकर्तालाई शोधवृत्तिको अवसर प्रदान गर्ने गरेको छ ।

गएको वर्ष सञ्चालित कार्यक्रममा छनोट भएका अनुसन्धानहरु ‘काठमाडौं महानगरपालिकामा सहरी सडक सुरक्षाको विश्लेषण’, ‘काठमाडौं महानगरपालिकामा भर्टिकल फार्मिङको सम्भावना’, ‘ज्येष्ठ नागरिकहरुको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’, ‘काठमाडौँ महानगरपालिकाका विद्यालयहरूमा स्टीम पेडागोजी लागू गर्ने विश्वास र शिक्षकहरूको तत्परता’, ‘काठमाडौँ महानगरपालिकामा आगलागी सम्भावित क्षेत्र म्यापिङ’, ‘काठमाडौँ महानगरपालिकाका अटिजम भएका बालबालिकाका लागि सूचना प्रविधि (आइसीटी) मा आधारित सिकाइ’, ‘काठमाडौं महानगरपालिकामा अनियमित रूपमा तयार गरिएको कंक्रिटमा मिक्स डिजाइन कंक्रिटको आर्थिक र संरचनात्मक प्रभाव अध्ययन’, ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र चराहरूको लागि वासस्थान र कार्वन लागि स्पन्जको रूपमा सहरी प्याचहरूको अनुसन्धान’, ‘काठमाडौं महानगरपालिकाका विद्यालयहरूमा नेपाल भाषाको शिक्षण र सिकाइ अभ्यासको अध्ययन’ का विषयमा शोध भएका छन् । यसबाट प्राप्त हुने तथ्य र तथ्याङ्क तथा सुझावहरु हामीले तर्जुमा गर्ने नीति तथा कार्यक्रमका लागि महत्वपूर्ण पृष्ठपोषण दिनेछन् ।

यस वर्ष पनि अनुसन्धानकर्तालाई उत्पादकमूलक अनुसन्धानको अवसर प्रदान गर्नका लागि ‘महानगर रिसर्च फेलोसिप २०८०’ का लागि आवेदन खुलिसकेको छ ।

१) इतिहास, कला, संस्कृति, परम्परा २) भाषा, साहित्य ३) सहरी योजना, सहरी डिजाइन, वास्तुकला, यातायात, भौतिक पूर्वाधार ४) जनसांख्यिकीय, समाजशास्त्रीय वा मानवशास्त्रीय अध्ययन ५) शिक्षा, सामाजिक विकास, युवा, सामाजिक अभियान स्वास्थ्य, जीवनस्तर ६) स्थानीय आर्थिक विकास, सहरी वित्त, उद्यमशीलता, मानव संशाधन विकास ७) सहरी अनौपचारिक क्षेत्र, गरिवी, अनधिकृत बसोवास ८) वातावरण, दिगो विकास, विपद् व्यवस्थापन, जलवायु परिवर्तन ९) कानून, शासन र १०) सूचना तथा सञ्चार, नविन सोच यस बर्षका लागि छानिएका अनुसन्धानका क्षेत्र हुन् ।

यी कार्यक्रममा अनुसन्धान गर्न चाहनुहुन्छ, या शोधवृत्ति लिएर महानगरको विकासका लागि अध्ययन गर्न चाहनुहुन्छ भने तलका लिङ्क पछ्याएर आवेदन दिनोस् ।

जानकारी लिनका लागि लिंङ्क :
https://shorturl.at/nJPX4

आवेदन दिनको लागि लिङ्क :
https://shorturl.at/izB57

अनुसन्धानकर्ताहरुलाई यो अवसर हो । उहाँहरुप्रति महानगरको सम्मान पनि हो । यसमा योग्यहरुबाट आवेदन प्राप्त हुने अपेक्षा गरेका छौँ ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?