Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

उच्च अदालतले रोक्यो बीपी प्रतिष्ठानको बढुवा


विराटनगर। उच्च अदालत विराटनगरले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानका शिक्षक कर्मचारीको बढुवा प्रक्रिया तत्काललाई रोक्न अल्पकालिन आदेश जारी गरेको छ ।

बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दै शिक्षक र कर्मचारीहरु २९ पुसदेखि काम छाडेर आन्दोलनमा छन् भने बढुवा प्रक्रियाका विरुद्ध परेको रिटको सुनुवाई गर्दै उच्च अदालत विराटनरगले तत्काल प्रक्रिया रोकेर १७ माघमा छलफलका लागि दुवै पक्षलाई हाजिर हुन अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । उपकुलपति प्रह्लाद कार्कीले बढुवाका लागि प्रकाशित विज्ञापन अनुसार अन्तरवार्ता अघि बढाउन मानेका छैनन् ।

सोमबार र मंगलबार आन्दोलनरत पक्षको माग सम्बोधन गर्नका लागि बसेको कार्यकारिणी समितिको बैठक निष्कर्षबिहिन भएको थियो । अदालतको आदेशले उपकुलपति कार्कीलाई सहज भएको छ । उक्त प्रतिष्ठानको बढुवा सुचारु गर्न माग गर्दै सुरु भएको आन्दोलनविरुद्ध सञ्जयकुमार मेहताले उच्चमा निवेदन दर्ता गरेका थिए । बुधबार उच्च अदालतका न्यायाधीश गणेशप्रसाद बरालको एकल इजलासले बढुवा प्रक्रिया रोकेर दुवै पक्षलाई छलफलका लागि आउन आदेश दिएको हो ।

त्यस्तै, ‘निवेदकले उठाएका बिषयको संवेदनशिलतालाई हेर्दा दुवै पक्षको छलफलबाट निष्कर्षमा पुग्न उपयुक्त हुने देखिंदा अन्तरीम आदेश छलफलको लागि मिति २०८०/ १०१७ को पेशी तोकी सोको जानकारी विपक्षीहरुलाई दिनुहोला,’अदालतले जारी गरेको आदेशमा भनिएको छ,‘सो (१७ गते) अवधीसम्मको लागि लोकसेवा आयोगको सहभागिता विना कर्मचारी नियुक्ती तथा स्वतः बढुवा नगर्नु नगराउनु भनि विपक्षी मध्येको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीका नाममा उच्च अदालत नियमावली २०७३ को नियम ८२ (१) (क) बमोजिम अल्पकालीन अन्तरीम आदेश जारी गरीदिएको छ ।’

यसअघि संजीवकुमार साहले अस्पतालको सेवा सुचारु गर्न आदेश माग गर्दै उच्चमा रिट दायर गरेका थिए । त्यस्तै, ४ माघमा उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले प्रतिष्ठानमा लागेको ताला खोल्न र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश जारी गरेको थियो ।

उक्त अदालतको आदेशपछि प्रतिष्ठानको तालाबन्दी खुलेपनि आन्दोलनरत कर्मचारी भने काममा फर्किएका छैनन् ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?