Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मेडिकल शिक्षा दिने तयारी गर्न टेकु अस्पताललाई स्वास्थ्य मन्त्रीको निर्देशन


काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई मेडिकल शिक्षा पढाउने तयारी गर्न निर्देशन दिएका छन् । आउँदो शैक्षिक सत्रदेखि नै पढाइ सुरु गर्ने तयारी गर्न निर्देशन दिँदै उनले यसमा मन्त्रालयबाट पूर्ण सहयोग हुने वचन दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ९० औँ वार्षिक उत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, ‘के–के पढाउन सक्नुहुन्छ तयारी गर्नुस् । आगामी शैक्षिक सत्रबाट पढाइ सुरु गर्ने तयारी गर्नुस् । अब आउने सत्रबाट पढाउन सुरु गर्ने हो भने नयाँ आयाम थपिन्छ ।’

सो मेडिकल शिक्षामा क्रान्तिकारी कदम अगाडि बढाउनुपर्ने बताउँदै उनले मेडिकल शिक्षा लिन विदेश जानुपर्ने बाध्यता हटाउनु पर्ने बताए । त्यस्तै, कतिपय व्यक्तिले चाहेर पनि मेडिकल शिक्षा पढ्न नपाएको भन्दै मन्त्री बस्नेतले पढ्न नपाएकै कारण मानसिक रोगीहरू थपिएको समेत बताए । शिक्षा र स्वास्थ्य क्षेत्रमा राम्रोसँग सुधार गर्ने हो भने ७५ प्रतिशत मानसिक रोगी समाप्त हुने जिकिर गर्दै उनले भने, ‘जुन टिम यो अस्पतालमा हुनुहुन्छ तपाईँहरू भिड्नुस् । चाँडोभन्दा चाँडो यो काम फत्ते गर्नुपर्छ ।’

डर भन्ने शब्द आफ्नो शब्दकोशमा नभएको भन्दै उनले भने, ‘राम्रो काम गर्नका लागि किन ढिला गर्ने? किन डराउने ? किन तर्सिने ?’ यसअघि कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका पदाधिकारीले हाल एक सय शय्यामा सञ्चालन हुँदै आएकोमा अब ३०० शय्यामा विस्तार गर्न चाहेको बताएका थिए ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?