Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

स्याङ्जामा दुई हजार दुई सय हेक्टरमा सुन्तला बगैँचा


वालिङ,स्याङ्जा। स्याङ्जामा दुई हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको छ । उक्त जिल्लाका एघार स्थानीय तहमध्ये नौ स्थानीय तहमा व्यावसायिक सुन्तला खेती हुँदै आएको छ ।

त्यस्तै, चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा व्यावसायिकरुपमा सुन्तला खेती गरिएको छ भने जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइअन्तर्गत सुन्तला सुपरजोन सञ्चालनमा रहेको छ ।

सुपरजोन सञ्चालनमा आएसँगै जिल्लाका विभिन्न स्थानीय तहमा सुन्तला बगैँचा फैलिँदै गएको सुन्तला सुपरजोन परियोजनाका वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालले जानकारी दिएका छन् । उनका अनुसार सबैभन्दा बढी पुतलीबजार नगरपालिकामा सुन्तला उत्पादन हुने गरेको छ भने यहाँ आठ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको लम्सालले जानकारी दिए ।

उनका अनुसार भिरकोटमा तीन सय ५०, वालिङमा दुई सय ४० र गल्याङ नगरपालिकामा एक सय ३० हेक्टर तथा अर्जुनचौपारी गाउँपालिकामा दुई सय ७०, बिरुवामा एक सय ५५, आँधीखोलामा एक सय २५, हरिनासमा ४५ हेक्टर र फेदीखोला गाउँपालिकामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा रहेको छ ।

उक्त जिल्लाका विभिन्न स्थानीय तहमा फैलिएको दुई हजार दुई सय हेक्टर क्षेत्रफलमध्ये उत्पादनशील बगैँचाको क्षेत्रफल ६० प्रतिशत अर्थात् एक हजार तीन सय २० हेक्टर क्षेत्रफल रहेको परियोजनाका वरिष्ठ कृषि अधिकृत लम्सालले जानकारी दिए ।

“हाल सुन्तला बगैँचा रहेको क्षेत्रफलमध्ये एक हजार तीन सय २० अर्थात् ६० प्रतिशत क्षेत्रफलमा मात्रै सुन्तला उत्पादन हुँदै आएको छ”, उनले भने, “६० प्रतिशतले उत्पादन दिँदा ४० प्रतिशत अर्थात् आठ सय ८० हेक्टर क्षेत्रफलमा सुन्तलाका बेर्ना मात्रै छन् ।”

त्यस्तै, स्याङ्जामा चालु आर्थिक वर्षमा प्रतिहेक्टरमा १४ दशमल ४६ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । यस आवमा स्याङ्जामा १९ हजार ८७ दशमलव २ मेट्रिक टन सुन्तला उत्पादन भएको लम्सालले जानकारी दिए ।

“यहाँ उत्पादन भएकोमध्ये ९० प्रतिशत अर्थात् १७ हजार एक सय ७८ दशमलव ४८ मेट्रिक टन सुन्तला बिक्रीयोग्य छ”, उनले भने, “बाँकी रहेको १० प्रतिशत अर्थात् एक हजार नौ सय आठ दशमलव ७२ मेट्रिक टन आन्तरिक खपत हुने गरेको छ ।”

एघार वर्षदेखि १५ वर्षे बोटको औसत उत्पादन धेरै रहेको भन्दै त्यस्ता बोटबाट प्रतिबोट औसतमा ७९ दशमलव छ केजी सुन्तला फल्ने गरेको कृषि अधिकृत लम्सालले जानकारी दिए । पाँचदेखि १० वर्षको बोटबाट प्रतिबोट २० केजी, १६ वर्षभन्दा माथिका बोटबाट प्रतिबोट ४५ केजी सुन्तला फल्ने उनले बताएका छन्।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?