Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

केहीलाइ सस्तो लोकप्रियता र केहि डलर अनि मलाई गहिरो चोट !


-एलिना चाैहान

नमस्कार

अझै कोहि छुट्नु भएको छ मेरो समाचार बनाउन कि सबैले खोजि पत्रकारीताको बिट मारी सक्नु भयो ?

म मान्छु कि म सार्वजनिक व्यक्तित्व भित्र पर्छु तरपनि मेरो व्यक्तिगत जिवन छ र त्यसलाई गोप्य राख्न चाहाने वा कति सार्वजनिक गर्ने भन्ने अधिकार मसंग मात्र छ । थाहा छ धेरैले मेरो धेरै भन्दा धेरै कुराहरु थाहा पाउन चाहानुहुन्छ तर यो भन्दैमा संचारकर्मीहरुले मेरो ईच्छा बिना अथवा सहि समयको पर्खाई बिना यसरी मेरो बारेमा समाचारको तातो विषय बनाएर मलाई मानसिक रुपमा पिडा दिनु भएन ।

के कसैले मलाई सोधेर यो समाचार बनाएको हो ?

के कसैलाई मैले बनाउन लगाएको हो ?

कोहि सामान्य गफ गरेको भरमा मलाई नसोधि मेरो ईच्छा बिना समाचार बनाउँछन् । कोहि मैले देशलाईनै घत पुय्राउने काम गरे जसरी स्रोतको अनुसार भन्दै समाचार बनाउँछन् । र फेरी त्यहि समाचार अनुसार मेरा पुराना टिकटमा रुएर अपलोड गरेका गितहरुको भिडियो प्रयोग गरेर भिडियो समाचार बनाउँछन् । मानौ मेरो पिडा जस्ताको त्यस्तै देखाउन खोजेका हुन मानौ मेरो स्थिति दर्शाउन खोजेका हुन । थोरै लाज सरम भन्ने कुरा त हुनुपर्छ एक नाम चलेको मिडिया हाउसहरुसंग । मानवता र संवेदनशिल्ता त राख्नु पर्छ, हैन र ? बिछोड धोका जस्ता शब्दहरु भनेकै पिडा र दुःखको अर्थ अनुभव गराउने शब्दहरु हुन तर आज समाचार यसरी बन्दै छ कि मैले कुनै नोलो कुरा गरे र त्यो कुरा सारा नेपालिले थाहा पाउनु पर्छ र रमाउनु पर्छ ।

म कहाँ छु, कुन स्थितिमा छु, के गर्दै छु, कति तयार छु यी सबै कुराको लागी , यो सामान्य कुरा त हजुरहरुले सोचीदिनु भएको भए हुने । मलाई यस्तो कुरा बाहिर ल्याउनु थियो भने म आफै सहि समयमा ल्याउने थिए यसरी हजुरहरुले खोजि पत्रकारीता गरेर समय बर्वाद गर्नु पर्थेन । थाहा छ हजुरको यो पत्रकारीताको धर्मले मलाई कति असर गरेको छ ? अनुमान लगाउन सक्नु हुन्छ यस्ले मेरो मानसपटमा कति हानि पुय्राएको छ ?

के पाउनुभयो यो समाचार बनाएर वा यसरी बनाएर ? न देशले केहि पायो न केहि गुमायो सिवाय हजुरहरुको सस्तो लोकप्रियता र केहि डलर अनि मलाई गहिरो चोट । हजुरहरुको खोजि पत्रकारीताले मैले भोगेका दुःख, पिडा, अपमान किन देख्दैन ? थाहा छ कलाकारहरुले हरेक पाईलामा कति अपमान सहजु परेको हुन्छ ? अस्ति भर्खरै पोखराको एक कार्यक्रममा मलाई बोलाएर अर्को कार्यक्रममा जबरजस्ति जा भनियो नत्र उहाँहरुले चाहे सम्म गाएको गाएकै गर्न निर्देश गरीयो, हाम्रै संगीत क्षेत्रको अभिभावकले ।

त्यसपछि अर्को कार्यक्रममा कार्यक्रम सकिएपछि स्टेजमै मदिराले टिल्ल भएका स्वयंसेवक आएर मलाई दर्वेवहार गर्ने खोज्यो र मैले त्यस्को तुरुन्त प्रतिकार गरे । यो आयोजकको गल्ति हैन र ? यस्ता कुरामा सजक हुने पर्ने हैन र ? अरुपनि धेरै छन् जस्मा संचारकर्मीहरुले सानो कलम चलाईदिँदा सभ्य समाजको निर्माण हुन सक्छ । जस्ले गर्दा कालाकार देशको गहना हो भनेझै सहि सम्मान पाउन सक्छन् ।

अरु त अरु भए मैले नजिकबाट चिनेका र साथीझै सम्बन्ध भएका संचारकर्मीहरुलेपनि मलाई यसरी मानसिक पिडा दिन केहि कसुर छाड्नु भएन । जसरी हुन्छ आफ्नो कन्टेन्ट बिकाउनु छ सबैलाई चाहे त्यसले अरुलाई जतिसुकै पिडा किन नपुर्याओस । सारंसमा भन्न चाहान्छु, म यो समाचारको हेडलाईन बन्न तयार थिईन र यो मेरो ईच्छा बिरुद्ध हो, खेद प्रकट छ ।

धन्यवाद


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?