Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

भगौडा सेनालाई लिन आएको म्यानमारको विमान भारतीय सीमामा दुर्घटनाग्रस्त


मिजोरम। भारतीय सीमामा म्यानमारको एउटा विमान दुर्घटना भएको छ । विमान म्यानमार सेनाको भएको बताइएको छ । उक्त दुर्घटनाको बेलामा विमानमा १४ जना सवार थिए भने विद्रोहीहरूको हमलाबाट बच्नका लागि भागेर भारत आएका सेनाहरूलाई फर्काउन उक्त विमान आएको थियो ।

उक्त विमान मिजोरममा दुर्घटनामा परेको सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् भने अवतरणका क्रममा मिजोरम लेंगपुई विमानस्थलमा धावनमार्गबाट चिप्लिएर विमान भीरबाट खसेको थियो । पछिल्लो म्यानमारमा विद्रोही र त्यहाँको सेनाबिच झडप चलिरहेको छ । सेनामाथि विद्रोही भारी हुन थालेपछि सयौँ सेना भागेर भारतीय सीमामा रहेको मिजोरमको ल्वांग्ताई जिल्लामा आएका थिए भने दुई दिन अघि २७६ जना सेना ल्वांग्ताई जिल्लामा आइपुगेको समाचारमा उल्लेख छ ।

यस घटनामा दुई जना गम्भीर घाइते भएको बताइएको छ भने अन्य १२ जनालाई भने सामान्य चोटपटक लागेको छ । त्यस्तै, घाइतेहरूको लेंगपुई अस्पतालमा उपचार भइरहेको बताइएको छ । सेनाको शिविरलाई विद्रोही समूह अराकन आर्मीको लडाकुहरूले कब्जा गरेका थिए । सोमबार १८४ जनालाई म्यानमार फिर्ता लगिएको थियो भने बाँकी ९२ जनालाई मंगलबार लगिँदै थियो ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?