Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

चेपाङ् बालबालिकालाई आवासीय विद्यालय


चितवन। राप्ति नगरपालिकाले घर टाढा भएका विपन्न चेपाङ् बालबालिकालाई लक्षित गर्दै तीन वटा आवासीय विद्यालय सञ्चालनमा ल्याएको छ । यसबाट ग्रामीण क्षेत्रका बालबालिका लाभान्वित भएका छन् ।

राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार चालु शैक्षिक सत्रबाट दुईवटा विद्यालयमा आवासीय व्यवस्थापनको सुरुवात गरिएको हो । एउटा विद्यालयमा नगरपालिकाले यस अघिनै आवासीय कक्षा सञ्चालन गरेको थियो । उनका अनुसार राप्तीको विकट गाउँ कान्दामा रहेको कान्देश्वरी आधारभूत विद्यालयमा यसै शैक्षिक सत्रबाट नगरपालिकाले आवासीय कक्षा सञ्चालन गरेको हो ।

त्यस्तै, यसअघि मितेरी फाउण्डेशन र लक्ष्मी प्रतिष्ठानले आवासीय विद्यालय सञ्चालन गर्दै आएकोमा यस वर्षबाट नगरपालिकाले सहयोग गर्न थालेको हो । त्यहाँ एक सय ५० जना चेपाङ बालबालिका अध्ययनरत छन् । फाउण्डेशन र प्रतिष्ठानले भौतिक संरचना यस अघिनै बनाएको थियो ।

त्यहाँ कार्यरत दुईजना शिक्षक/कर्मचारीको खर्च व्यवस्थापन तीनै संस्थाले गर्दै आएका छन् भने अन्य व्यवस्थापनमा नगरपालिकाले सहयोग गरेको छ । यो राप्ती नगरपालिका–१३ मा पर्दछ । उक्त जिल्लाको सबैभन्दा विकट ठाउँको रुपमा यो चिनिन्छ भने राप्ती नगरपालिका–१२ एउराली टारस्थित गणेश माविमा आवासीय कक्षा सञ्चालन गरिएको छ । त्यहाँ १०४ जना बालबालिका आवासीय रुपमा बस्दै आएका छन् ।

न्यून सङ्ख्यामा तामाङ बालबालिका समेत भए पनि अधिकांश चेपाङ् छन् । त्यस्तै सोही नगरपालिका–१ महादेश टारमा रहेको विद्यालयमा आवासीय कक्षा सञ्चालन गरिएको छ । त्यहाँ परेवाकोटको माथिल्लो भूभागका चेपाङ् र तामाङ समुदायका बालबालिकाले आवासीय रुपमा अध्ययन गर्दै आएका छन् ।

उक्त विद्यालयमा आवासीय कार्यक्रम यसै शैक्षिक सत्रबाट सुरु गरिएको हो । हाल यहाँ ३८ जना बालबालिका अध्ययनरत छन् । विद्यालयभन्दा टाढा घर भएका बालबालिकालाई आवासमा राखेर पढाइएको हो । आर्थिक अभावका कारण विद्यालय जान समस्या भएका अति विपन्न परिवारलाई लक्षित गरी यो कार्यक्रम सञ्चालनमा ल्याइएको नगरप्रमुख लामाले जानकारी दिएका छन् ।

नगरपालिका–१०, ११, १२ र १३ पहाडी भूभागमा पर्दछ । वडा नं १ महादेवटारमा पहाडका बालबालिका ल्याएर आवासीय रुपमा पढाइएको हो । उक्त कार्यक्रम सुरु गरिएसँगै बीचमा विद्यालय छोड्ने क्रम घट्ने लामाको विश्वास रभको छ ।

त्यस्तै, पहाडी भूभागमा अधिकांश चेपाङ समुदाय बसोबास गर्दछन् भने आर्थिक अभावका कारण बिचैमा कक्षा छोड्दा उनीहरुको शैक्षिक अवस्था कमजोर छ ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?